काठमाडाैं- अमेरिकी राष्ट्रपति जो वाइडेनले रंगभेदका घटनाविरुद्ध चुप रहनु अपराध सरह रहेकाे बताएका छन्।
शुक्रबार जर्जिया पुगेका राष्ट्रपति वाइडेनले त्यहाँका एसियन–अमेरिकन नेताहरुसँग भेटेर रंगभेद नराम्रो विष रहेको र त्यसले देशलाई लामो समयसम्म घाइते पार्ने भन्दै अपराधका घटनाविरुद्ध खुलेर बोल्न अपिल गरेका हुन्।
मंगलबार बेलुका जर्जियाको एट्लान्टाका तीन स्पामा भएको आक्रमणमा ६ काेरियाली महिलासहित ८ जनाको ज्यान गएको थियो। उक्त घटना एसियाली नागरिकप्रति अमेरिकी नागरिकमा बढ्दाे रुपमा रहेकाे घृणाकाे भावनाका कारण घटेकाे बताइन्छ।
यद्यपि प्रहरीले अहिलेसम्म सो आक्रमण के कारण गरिएकाे थियाे सपष्ट पार्न सकेकाे छैन। तर, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलनुमा चीन मुख्य दोषी रहेको विवादास्पद अभिव्यक्ति दिएपछि चिनियाँ र कोरियाली नागरिकमाथि आक्रमण बढ्दो छ।
अमेरिकी संसदमा दुई एसियन–अमेरिकन सांसदले सो विधेयक दर्ता गरेका छन्। राष्ट्रपति वाइडेनले कोरोना भाइरससँग सम्बन्धित घृणाजन्य अपराध सम्बन्धी विधेयक पारित गर्न संसदलाई सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।