• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकामा बढ्याे एसियाली नागरिकप्रति घृणाकाे भावना

64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  २३:४३
1140x725

काठमाडौं- अमेरिकाको जर्जिया राज्यमा मंगलबार तीन वटा ‘स्पा’मा भएको गोलीबारीमा मृत्यु भएका ८ मध्ये ६ जना कोरियाली नागरिक भएको पुष्टि भएको छ। 

जर्जियाको एट्लान्टास्थित अक्वर्थनजिकै योङ एसियाली मसाज सेन्टरमा स्थानीय समय अनुसार मंगलबार बेलुका ५ बजे (नेपाली समय अनुसार बुधबार बिहान पौने ३ बजे) पहिलो गोलीकाण्डमा ४ जना मारिएको थिए। मारिनेमा दुई महिला कोरियन, एक श्वेत महिला  र एक श्वेत पुरुष अमेरिकी रहेको खुलेको छ। एक विदेशी पुरुष घाइते भएका छन्।

त्यसको एक घण्टा पछि एट्लान्टा पुलिस विभागले उत्तरपूर्वी एट्लान्टामा दुई व्यावसायिक संस्थाहरूमा ४ महिला मृत अवस्थामा फेला परेको जनाएको छ। विभागका अनुसार ती मृतक गोल्ड मसाज ‘स्पा’ र अरोमा थेरापी ‘स्पा’मा भेटिएका हुन्।

चारै महिला कोरियाली नागरिक भएको एट्लान्टा जर्नल–कन्स्टिच्युसनले उल्लेख गरेको छ। प्रहरी घटनामा संलग्न रहेको आरोपमा एक २१ वर्षीय श्वेत व्यक्ति रोबर्ट आरोन लङलाई हिरासतमा लिएको छ।

लङलाई एट्लान्टाबाट २४० किलोमिटर पच्छ्याएर पक्राउ गरिएको जर्जियाको सुरक्षा विभागले फेसबुकमा जानकारी दिएको छ। स्थानीय प्रहरी अधिकारीकाअनुसार लङले आफू ’यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन्। उनीबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन्। 

अमेरिकाकाे कतै कतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ। तर, स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै सङ्केत नदेखिएको बताइएको छ। आक्रमणको कारण खुलेको छैन। तर, पछिल्ला महिनामा अमेरिकामा एसियाली मूलका मानिसमाथिको हिंसा बढ्दै गएको छ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलनुमा चीन मुख्य दोषी रहेको विवादास्पद अभिव्यक्ति दिएपछि चिनियाँ र कोरियाली नागरिकमाथि आक्रमण बढ्दो छ। यो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चर्चा हुन थालेको छ। 

घटनापछि चिनियाँ र कोरियाली मूलका नागरिकहरु त्रसित बनेका छन्। एन्टी हेट डिफेमेसन लिगले बुधबार अमेरिकामा बढ्दो घटनाको रिपोर्ट जारी गरेको छ। रिपोर्टका अनुसार सन् २०१९ मा रंगभेद, जातिवाद र अन्य घृणाको २७ सय २४  घटना भएका थिए। तर, २०२० मा ५१ सय २५  घटना भएको थियो।  १९ को तुलनामा यो संख्या झन्डै दोब्बर हो। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो दशकमा घृणा अपराध वृद्धि भएको छ। संगठनले भनेको छ, ‘अनलाइन प्लेटफर्महरूमा घृणा गर्ने जमात बढेको छ, जुन ट्र्याक गर्न पनि धेरै गाह्रो छ।’

एसियन-अमेरिकी एडभान्सिङ्ग जस्टिसका संस्थापक कोनी चुङ्ग जोईले चिनियाँ र एसियाली मूलका मानिसहरुमा भएका हमलाहरु प्रहरीले दिएको रिपोर्टभन्दा धेरै बढी रहेको दावी गर्छन्। 

‘धेरैले आक्रमण र उत्पीडनको घटना रिपोर्ट गर्दैनन् किनभने प्रहरीले त्यस्ता घटनाहरूमा केही गर्दैन,’ उनले भने। 

कोरोनाको संक्रमण सुरु भएपछि एफबीआईले एसियाली मूलका नागरिकहरुमाथि आक्रमण बढ्ने चेतावनी दिएको थियो। तर, जातीय आक्रमणहरू अपेक्षितभन्दा बढि घटेका छन्।

Xtrem

Xtrem

न्युयोर्कको चाइना टाउनमा स्पा सेन्टर सञ्चालन गर्दै आएका ४७ वर्षीया लुईसा याङ्ग भन्छिन्, ‘मैले जीवनमा यस्तो डर कहिल्यै देखेको थिइनँ। पहिलोपटक मलाई न्युयोर्क जस्ता शहरमा एक्लै बाहिर हिँड्न डर लाग्न थालेको छ। मलाई थाहा छैन कहिले ममाथि आक्रमण हुन्छ। 

अमेरिकामा सबैभन्दा बढी आक्रमणहरू चिनियाँहरु माथि भएको छ। बिगतको रेकर्ड हेर्दा ४० प्रतिशत आक्रमण चिनियाँमाथि देखिन्छ। यता कोरियनमाथि १५ र फिलिपिन्समाथि ८ प्रतिशत आक्रमण भएको देखिएको छ।

न्युयोर्कमा मार्च र डिसेम्वरको बीचमा दक्षिण एसियाली नागरिकमाथि तीन हजारभन्दा बढी आक्रमण भएको छ। 

न्युयोर्कमा मात्रै २०१९ मा १० गुणा बढी आक्रमणहरू भएका छन्। यी आक्रमणका अधिकांश पीडितहरू चीन, ताइवान र थाईल्याण्ड मूलका नागरिक हुन्। 

न्युयोर्क शहरका मेयर बिल डी ब्लासियोले यस प्रकारको आक्रमणले आप्रवासीमाथि अन्याय भएको बताएका छन्। आक्रमणलाई रोक्नका लागि उनले प्रवासी नेतासँग एक बैठक राख्नेछन्।

(बिबिसी र वासिंटन पोस्टमा प्रकाशित सामग्रीहरूमा आधारित)

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  २३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्