काठमाडाैं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ।
शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहका बीच विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल २०२१ मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो।
कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कर्ट अफ दि टेबल र ९ जना टप अफ दि टेबल गरी २६७ जना अभिकर्ताहरु एमडीआरटीमा सहभागी हुन योग्य भएका छन्।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले एमडीआरटी जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए।
कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए।।साथै अझै उत्साहका साथ अगाडि बढी कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।