काठमाडौं- नेपाल सुपर लिगमा ९८ जना खेलाडी सात फ्रेन्चाइज टिममा अनुबन्धित भएका छन्। जसमा ३५ खेलाडी सर्वाधिक मूल्यमा अनुबन्धित भए।
शुक्रबार सात टिमले विभिन्न तीन समूहमा रहेका १४९ जना खेलाडी अक्सनबाट अनुबन्धित गरेको हो। जसमा एक लाख रुपैयाँबाट बोली सुरु हुने समूह ‘ए’ मा रहेका आठ खेलाडीलाई टिमले सर्वाधिक दुई लाख रुपैयाँ मूल्य तिरेका हुन्।
५० हजार रुपैयाँबाट बोली सुरु हुने समूह ‘बी’ मा रहेका १७ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा बिक्री भए। २० हजार रुपैयाँबाट बोली सुरु हुने समूह ‘सी’ मा रहेका १० खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा बिक्री भए।
आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म चल्ने नेपाल सुपर लिगमा एक टिममा २० खेलाडी रहनेछन्। जसमा यसअघि नै सबै टिमले मार्की खेलाडी छनोट गरिसकेका थिए।
अहिले सबै टिममा 'मार्की' खेलाडीसहित गरेर १५ खेलाडीको टुंगो लागिसकेको छ। अब प्रत्येक टिमले तीन विदेशी खेलाडी राख्न पाउने छन्। त्यस्तै, प्रत्येक टिमले दुई खेलाडी भने अक्सनमा नभएका खेलाडीहरुबाट छानेर राख्न पाउने छन्।
एफसी चितवन, (प्रशिक्षक- मेघराज केसी)
भारत खवास (मार्की खेलाडी), राजिव लोप्चन, अमित तामाङ, विकास खवास, विकास तामाङ, विशाल सुनुवार, विश्व अधिकारी, कुलदीप कार्की, मनिष थापा, रोमन रसाइली, टेक बहादुर बुढाथोकी, शिशिर लेखी, रुपबहादुर लामा, विवेक चौधरी र सिमन्त थापा।

विराटगनर सिटी एफसी
रन्जित धिमाल (मार्की खेलाडी), अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरजज्यू ठकुरी, विजय धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दीपक राई, निरकुमार राई।

बुटवल लुम्बिनी एफसी, (प्रशिक्षक- सुयोग शाक्य)
विशाल श्रेष्ठ (मार्की खेलाडी), लक्ष्मण रुचाल, सुरज विक, रविन श्रेष्ठ, सत्रुधन चौधरी, सेसेहाङ आङदम्बे, मानबहादुर परियार, रवि थापा मगर, अमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रन्दीप पौडेल।

धनगढी एफसी, (प्रशिक्षक- तोपे फुजा)
विशाल राई (मार्की खेलाडी), सौजन राई, रुपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी, दर्शन गुरुङ।

काठमाडौं रेजर्स एफसी, (प्रशिक्षक- बालगोपाल महर्जन)
विकेश कुथु (मार्की खेलाडी), तेज तामाङ, आशिष गुरुङ, सन्जोक राई, त्रिदेव गुरुङ, सुदीप शिखाकार, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, पृथ्वी चौधरी, विश्वास श्रेष्ठ, अन्जन राई, सुदील राई, विमल पाण्डे, प्रेजेन तामाङ।

ललितपुर सिटी एफसी
अन्जन विष्ट (मार्की खेलाडी), विनोद गुरुङ, कमल श्रेष्ठ, प्रवेश दनवार, मिक्चेन तामाङ, नविन लामा, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन लामा, रन्जन विष्ट, निरोज बस्नेत, पाल्साङ लामा, गौरव बुढाथोकी, अर्पण कार्की।

पोखरा थण्डर्स
नवयुग श्रेष्ठ (मार्की खेलाडी), अजित भण्डारी, अनिल गुरुङ, प्रविनकुमार स्याङ्तान, मानबहादुर तामाङ, दीप कार्की, दीपक गुरुङ, अजित प्रजापति, सुशिल राई, सुजल श्रेष्ठ, नितिन थापा, राजेश परियार, गौतम श्रेष्ठ, सुरज गुरुङ, सुजित बुढाथोकी।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।