• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ओलीलाई आफू नमर्दासम्म प्रधानमन्त्री भइरहन्छु भन्‍ने लागेको छ : वामदेव गौतम (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ शुक्रबार, चैत ६, २०७७  १५:५१
1140x725
फाइल तस्बिर

काठमाडौं- नेकपा (एमाले) दुई पक्षमा विभक्त छ। समानान्तर गतिविधि भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष एकअर्कासँग अलग्गिदै गइरहेको देखिन्छ। तत्कालीन नेकपा विभाजन हुँदा नै एकता अभियान भनेर छुट्टै बसिरहेका एमाले उपाध्यक्ष वामदेव गौतम शुक्रबार खनाल-नेपाल पक्षीय अखिल नेपाल किसान महासंघको कार्यक्रममा सम्बोधन गर्न पुगे। त्यहाँ पुगेर उनले पार्टीभित्रै रहेर ओलीविरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखेका छन्। एमाले उपाध्यक्ष गौतमसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको संक्षिप्त संवाद:

तपाईंको एकता अब अभियान कुन रुपमा अघि बढ्छ?
अभियानलाई व्यापक बनाएर लैजाने निर्णय गरेका छौं। त्यसका लागि सबैभन्दा पहिले वाम सरकारका लागि पहल गर्छौं। वाम सरकार भनेको एमाले र माओवादी केन्द्र नै हुन्। यी दुवै मिले भने वाम सरकार बन्यो। हाम्रो अभियान त्यत्तिमा सीमित छैन। नेपालमा जति कम्युनिस्ट छन्, ती सबैको मोर्चा बनाउने विषय पनि छ। त्यसकै ‘ब्याकिङ’मा वाम सरकार अघि बढ्नेछ।

अदालतको निर्णयबाट नेकपा दल बन्यो। अब एमाले फुटेर तीन दल हुन लागे जस्तो देखिन्छ। तपाईंले भनेजस्तो कसरी सम्भव होला र?
तीन/चार भए पनि सरकार बनाउँदा मिल्ने भनेरै त वाम सरकार भनेको हो। जतिसुकै कम्युनिस्ट हुन्, वाम सरकार बनाउन सकिन्छ त! नेकपा विभाजित भएर अहिले दुई पार्टी भएको छ। दुई दल बनिसकेपछि केपी ओलीको अदूरदृष्टि निर्णय भए। त्यसैकारण माधव-झलनाथ एउटा र केपीको अर्को समूह देखिएको छ। म दुवै पक्षलाई मिलाउने पक्षमा छु। हाम्रो एकता अभियानले मिलाउने कार्यलाई प्राथमिकता दिएको छ।प्रधानमन्त्री ओली त मिलाउनेभन्दा पनि फुटाउने दिशामा लाग्‍नुभएको भनिन्छ। संसद पुन:स्थापनापछि राजीनामा नदिएपछि आलोचना पनि भएको छ।

पार्टी मिलाउने दिशामा उहाँ नभएकैले निकास नपाएको हो?
त्यही त उहाँले त्यस्तो नगरेको भए एकताको आवश्यकता पर्ने नै थिएन नि! केपी पक्षमा रहेका अधिकांश कार्यकर्ता एकताको पक्षमा छन्। त्यसकारण एकताको अभियान सफल हुन्छ।

पार्टीभित्रको  विवाद अन्त्यका लागि प्रधानमन्त्रीले के-के गर्नुपर्छ?
सबैसँग वार्ता गर्नुपर्छ। फागुन २८ मा आफ्नो पक्षका केन्द्रीय सदस्य मात्रै बोलाएर निर्णय गर्नुभएको छ। फर्मान जारी गरी निर्णय गर्नुभयो। ती निर्णय फिर्ता लिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा पुन:स्थापनापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो भन्ने मत पनि आइरहेको छ। यसमा तपईंको धारणा के हो?
नैतिकता त मान्‍नेहरुको लागि हुने रहेछ। त्यो नैतिकता मान्दिनँ भने पनि उहाँलाई फरक नपर्ने रहेछ।

तपाईंमाथि आरोप पनि छ, ओलीविरुद्धको गठबन्धनमा अन्तिमसम्म रहनुभयो। पार्टी फुटाउन तपाईंको पनि भूमिका रह्यो भन्छन् नि?
त्यस्तो कुरा जसले देखेकाे छैनन्, सुनेका छैनन् उनीहरूले भन्‍ने हो। म त एकताको पक्षमा छु। मैले फुटाएर फुटेको भन्छन् भने तीभन्दा नादान कोही छैनन्। म त सधैँभरि फुट हुनहुन्‍न भन्‍ने हुँ नि। हामीले गरेको संघर्ष केपी ओलीलाई सच्याउनका लागि हो।

अविश्वासको प्रस्तावको दुईवटा तयारीलाई मैले असफल बनाएँ। तेस्रोपटक ल्याइएको अविश्वास दर्ता पनि भयो। त्यो मलाई थाहा दिइएन। त्यसलाई मैले रोक्न सकिनँ। मेरो बोली सुन्‍न र हेर्न नचाहनेले पार्टी फुटाएको मलाई भन्छन्। फुटे फुट्छ भन्‍ने अनि, मैले फुटाएको भन्‍न नसक्ने, यिनै नादानहरु हुन्। असक्षम नेताहरु हुन्।

Xtrem
Xtrem

अदालतको आदेशपछि नेकपा दुई टुक्रा भयो, हेर्दा हेर्दै अब तीन टुक्रा हुनेभयो है? 
अहिले त नेकपा माओवादी केन्द्र र एमाले भएका छन्। तर, एमालेभित्र विभाजनको खतरा छ। 

एमाले जोगाउन के गर्ने?
संवाद गर्ने, सरसल्लाह गर्ने र एकअर्काको उत्पात विरोध नगर्ने।

अब देशले निकास कसरी पाउँछ?
वाम सरकार निर्माण गर्नुपर्छ। ओलीकै नेतृत्वमा हुन्‍न भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएर भए पनि अर्को सरकार बनाउनुपर्छ।

केपी ओलीले त राजीनामा दिन्‍नँ भनिहरनुभएको छ?
उहाँलाई त आफू नमर्दासम्म प्रधानमन्त्री भइरहन्छु भन्‍ने लाग्छ। त्यो सम्भव होला कि नहोला! उहाँले विश्वासको मत लिन्छु भन्‍नुभएको छ। त्यो लिने प्रयास गर्नुहोला। पाउनुभएन भने एक महिनामा राजीनामा गर्नैपर्छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १५:५१
  • #वामदेव-गाैतम
  • #नेकपा_एमाले
  • #एमाले_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्