काठमाडौं–केटिएम मोटरसाइकलको अधिकृत विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले केटिएम २५० एड्भेन्चर मोटरसाइकल नेपालमा ल्याएको छ । बाइकको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
देशभरका सबै केटिएम सोरुमबाट मोटरसाइकलको बुकिङ पनि सुरु गरिएको पनि कम्पनीले जनाएको छ।
हाल युवामा एड्भेन्चर यात्राप्रति बढ्दो आकर्षणका देखिएका कारण केटिएमको एड्भेन्चर रेन्ज सार्वजनिक गरेको कम्पनीका महाप्रबन्धक बिजय मोक्तानले बताए ।
मोटरसाइकलमा २४८ सिसीको डिओएचसिफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको जनाइएको छ। यो इन्जिनमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्क अधिकतम शक्ति प्रदान गर्छ।
यसमा रहेको अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पिड गियर बक्सको माध्यमबाट मुभमेन्टका लागि मद्दत गर्नुका साथै सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
उत्कृष्ट ह्यान्डलिङ र इन्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो मोटरसाइकल केटिएम परिवारकै नवीन एडिसन भएको कम्पनीको दाबी छ।
यसमा डब्लुपी एपेक्स सेटको स्पेन्सन रहेकाले पछाडिको सक एब्जर्भरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज रहेको जनाइएको छ। १४.५ लिटर ट्यांक र इन्धन खपत कम गर्ने बिएससिक्स इमिसन इन्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीका एड्भेन्चरहरू गर्न प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।