काठमाडौं–क्लासिक टेकले झापाको बिर्तामोड र दमकमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। प्रदेश १ का ग्राहकलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
बिर्तामोडको धन सूर्य कम्प्लेक्स शनिश्चरे रोडमा र दमकको मंगलदीप मार्केटको दोस्रो तल्लामा नयाँ आउटलेट खोलिएको बताइएको छ।
नयाँ आउटलेटको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सञ्चालनमा ल्याइएका नयाँ आउटलेटहरुबाट कम्पनीले झापाको पूर्वी भेगका गाउँहरुमा नेटवर्क तथा सेवा विस्तार गर्ने योजना बनाएको छ।
यी आउटलेटबाट कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिङ र मार्केटिङलगायत सेवा उपलब्ध हुनेछ।
कम्पनीले हाल धमाकेदार अफरअन्तर्गत २० एमबिपिएस इन्टरनेट सात सय ९९ रुपैयाँप्रति महिनामा उपलब्ध गराउँदै आएको छ। यसै प्याकेजमा एक सय ५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।