काठमाडौं– राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल अध्यक्ष मण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको छ। बैठकले राजनीतिक समितिको बैठक बोलाउन मिति तय गर्ने जनाइएको छ।
राजनीतिक समितिको बैठक बस्न नसक्दा राजपाले संसदीय दलको नेता चुन्ने, पार्टी महाधिवेशनको कार्यक्रम र मिति तय गर्ने एवम् प्रदेश २ मा नियुक्त गर्न बाँकी ३ राज्यमन्त्रीको नाम तय गर्ने काम गर्न सकेको छैन।
आजको बैठकले राजनीतिक समितिको बैठक कहिले बस्ने भन्ने टुंगो लगाउने राजपाका एक नेताले जनाए।
यसैगरी, बैठकले एमाले–माओवादी एकीकरण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे आफ्नो धारणा तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।