काठमाडौं- पूर्वराजपाको समूहले पार्टी समायोजनका काम टुंग्याउन कार्यदल गठन गरेको छ। बिहीबार नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बसेको पूर्वराजपा समूहको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको भेलामा सहभागी एक नेताले बताए।
'तत्कालीन संघीय समाजवादीसँग भएको पार्टी समायोजनको काम टुंगिएको छैन। समायोजनका सबै एजेन्डा टुंग्याउन कार्यदल गठन भएको छ,' ती नेताले नेपाल लाइभसँग भने ।
कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र संजय यादव छन्। राजपातर्फको सबै संगठन चुस्तदुरुस्त बनाउन समायोजनको काम पूरा गर्नका लागि पूर्वराजपामा कार्यदल गठन भएको बताइएको छ।
कार्यदलले भोलिदेखि नै काम थाल्ने ती नेताको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।