काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट आएका नेताहरूको छुट्टै भेला सुरु भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सुरु भएको उक्त समूहको भेलामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेता सहभागी भएको एक नेताले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने/नजाने भन्ने विषयमा विवाद भएपछि बिहीबार गर्ने भनिएको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।
कार्यकारिणी समितिको बैठक नभएपछि पूर्वराजपा समूहका नेताहरू बिहीबार बेलुका छुट्टै भेला गरिरहेको ती नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।