काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूहरुको तर्फबाट पार्टी विभाजनको घोषणा नगर्ने बताएका छन्।
माधवकुमार नेपाल पक्षको कार्यकर्ता भेलाको समापनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पार्टीभित्रै रहेर गलत प्रवृत्तिको विरोध गर्ने बताए।
भट्टराईले केपी शर्मा ओलीले पार्टीका नेतासँग संवाद् नै नगर्ने भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्ति ठीक नभएको बताए।
उनले ओलीले ७ गतेको लागि बोलाएको बैठकमा आफूहरु सहभागी नहुने बताए। 'जसरी यो भेलामा ओली आउनुभएन, त्यसैगरी हामीहरु पनि सो बैठकमा जाँदैनौं',उनले भने।
भेला १७ वटा प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्दै समाप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।