• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वीर अस्पतालको परिचयपत्र बोकेका डाक्टर नै नक्कली!

64x64
नारायण अधिकारी बिहीबार, चैत ५, २०७७  १७:५३
1140x725
प्रतिकात्मक तस्बिर : केजीएनएस.टिभी

काठमाडौं- स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समेत नक्कली परिचय दिँदै अनेक धन्दा हुने गरेको पाइएको छ। लाइसेन्स नै नलिई बिरामी जाँच गर्नेदेखि डाक्टर बन्नका लागि गलत प्रक्रिया अपनाएका घटनाहरु बाहिरिने गरेका छन्।

पछिल्लो समय वास्तविक लाइसेन्स भएका डाक्टरलाई समेत थाहै नदिई लाइसेन्स नम्बर र नामको समेत दुरुपयोग हुने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको एउटा अनुसन्धानबाट खुलेको छ। यही शैली अपनाएर नक्कली डाक्टरको छद्‌म भेषमा सक्कली काम गर्ने व्यक्ति हुन्, अर्घाखाँचीको मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी।

३६ वर्षीय नक्कली डाक्टर जितेन्द्र पन्थी अहिले भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पन्थीलाई जेल चलान गरेको हो। 

नक्कली कागजपत्र बनाएर पन्थीले आफूलाई डाक्टर भएको दाबी गर्दै आएका थिए। पन्थीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत फागुन २ गते काठमाडौं महानगरपालिका–३, कान्ती संगमटोलबाट पक्राउ गरेको थियो।

पन्थी पक्राउ परेपछि नक्कली डाक्टरलाई सक्कली डाक्टर नै हो भनेर अधिवक्ता उषा थपलियाले प्रमाणित गरेको पाइएको थियो। नक्कली डाक्टरको कागजातलाई सक्कल भनेर प्रमाणित गरेको पाइएपछि सिआइबीले अधिवक्ता थपलियालाई समेत पक्राउ गरेको थियो। पक्राउ परेका थपलियालाई जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले २ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

डाक्टरको कागजात, परिचयपत्र लगायत बनाउने कार्यमा संलग्न भएको आरोप थप दुई जना पनि पक्राउ परेका थिए। डाक्टरको नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा ज्ञानबहादुर विश्वकर्मा र संजित महर्जनलाई पक्राउ गरिएको थियो। विश्वकर्मालाई १ लाख ५ हजार र महर्जनलाई २ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश काठमाडौं जिल्ला अदालतले गरेको छ।

डाक्टरले लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्र (लाइसेन्स)को लागि नक्कली डाक्टर बनेर सिफारिस गरेपछि पन्थी पक्राउ परेका थिए। नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ।

डाक्टर कृष्ण रिजालले स्थायी दर्ता प्रमाणपत्रका लागि भरेको फारममा गत असोज ६ गते डाक्टर जितेन्द्र शर्माले दस्तखत गरी सिफारिस गरेका थिए। आफ्नो डाक्टर दर्ता नम्बर २३६४ लेखी जितेन्द्रले कृष्णको सिफारिस गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानको क्रममा डाक्टरको लाइसेन्स नै नभएका जितेन्द्र पन्थीले जितेन्द्र शर्माको नाममा कृष्णको लाइसेन्सका लागि सिफारिस गरेको पाइएको थियो। साथीभाई र समाजमा आफूलाई प्रतिष्ठित देखाउन नक्कली डाक्टर बनेरै भए पनि सिफारिस गरेको पन्थीको बयान छ। 

किर्गिस्तानबाट एमबिबिएस उत्तिर्ण, लाइसेन्स नै नलिई स्वास्थ्य सेवा दिने भन्दै अस्पताल दर्ता 
पुर्पक्षका लागि थुनामा पठाइएका पन्थीले जललावाद स्टेट मेडिकल युनिभर्सिटी, किर्गिस्तानबाट सन् २०१८ मा एमबिबिएस उत्तिर्ण गरेको तर नेपाल मेडिकल काउन्सिलबाट अहिलेसम्म लाइसेन्स नलिइएको अनुसन्धानबाट खुलेको थियो। 

किर्गिस्तानबाट एमिबिबिएस उत्तिर्ण गरेपछि पन्थी २ वर्ष अघि नेपाल फर्किएका थिए। कृष्ण रिजालले लाइसेन्स लिने बेला पन्थीले आफू समेत डाक्टर भएको र मेडिकल काउन्सिलबाट लाइसेन्स समेत प्राप्त गरेको भन्दै दर्ता नम्बर २३६४ राखी जितेन्द्र शर्माको नामबाट सिफारिस गरेका थिए। 

उक्त दर्ता नम्बर भने जोतिन्द्र शर्माको नाममा रहेको अनुसन्धानबाट खुलेको थियो। पन्थीले लाइसेन्सका लागि सिफारिस गरेका रिजाल उनका घरबेटी हुन्। डाक्टरको लाइसेन्स नै नलिई स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै पन्थीले एउटा अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा समेत दर्ता गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ। 

‘पन्थीले लाइसेन्स लिएका छैनन्। तर, स्वास्थ्य सेवा दिने भनेर आफैंले अस्पताल दर्ता गरेपछि बिना लाइसेन्स काम गर्ने उनको योजना देखिन्छ’ सिआइबी स्रोत भन्छ। 

पन्थीले दिन्थे वीर अस्पतालको चिकित्सक भएको परिचय
पन्थीले किर्गिस्थानबाट एमबिबिएस उत्तीर्ण गरेको बताए पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नै नलिई डाक्टरको परिचयपत्र बनाउनेदेखि स्ट्याम्पसम्म बनाएर काम गर्ने गरको पाइएको छ। 

पन्थीले आफू वीर अस्पतालको चिकित्सक भएको परिचय दिने गरेको अनुसन्धानमा खुलेको छ। अर्का प्रतिवादी संजित महर्जनले सञ्चालन गरको पसलमा २ वर्षदेखि पन्थी आउने गरेको र वीर अस्पतालको चिकित्सक भएको भनेर परिचय दिने गरको महर्जनले बयान दिएका छन्।

महर्जनले भनेका छन्, ‘सुरुदेखि नै पन्थी म कहाँ आउँदा वीर अस्पतालको चिकित्सक रहेको कार्ड भिरेर आउने गरेका थिए। आफ्नो परिचय दिँदा समेत वीरको चिकित्सक भएको बताउँथे।’

वीरको चिकित्सकको परिचय बनाउन आउँदा समेत पेन ड्राइभमा वीर अस्पतालको लेटर प्याड, परिचयपत्र लिएर आउने गरेको महर्जनको भनाइ छ। पन्थीले आफू वीरको चिकित्सक भएको बताएपछि उनैले भने बमोजिमको लेटर प्याडदेखि स्ट्याम्पसम्म महर्जन र अर्का प्रतिवादी ज्ञानबहादुर विश्वकर्माले बनाएको बताएका छन्।

‘पन्थीले वीर अस्पतालको डाक्टर भएको परिचय देखाएको तर, डकुमेन्ट बनाउनका लागि वीर अस्पतालको पत्र माग गर्दा सबै कर्मचारी नेपाल मेडिकल काउन्सिलको चुनावमा भएका बताएपछि मैले डकुमेन्ट बनाइदिएको हुँ’ महर्जनको बयानमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्