काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टीमा देखिएको विवादमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने अवस्था नरहेको बताएका छन्।
बुधबारदेखि सुरु उनी पक्षको कार्यकर्ता भेलामा सहभागीले उठाएका सवालको जवाफ दिँदै उनले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको बताएका हुन्।
'नेताहरू मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली पक्षले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छ', बुधबार छलफलका लागि गठन गरिएको १० समूहबाट आएको सुझावमाथि जवाफ फर्काउँदै नेपालले भने।
नेपालले ओली पक्षको कूप्रचार रोकिने सम्भावना नरहेको बरु बढ्ने बताए। 'गलत समाचार सम्प्रेषण गरी उनीहरू भ्रम सिर्जना गरिरहेका छन्', नेपालले भने।
बुधबारदेखि सुरु भेला आज सकिँदैछ। भेलामा माधव नेपालले अवधारणा पत्र पेश गरेका छन्। हिजै गठन गरिएको १० समूहले आफ्नो समूहमा छलफल गरी टोली नेताले निष्कर्ष प्रस्तुत गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।