• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
डेढ दर्जन सहकारीमा वित्तीय संकट

सञ्‍चालकको बेइमानीले हजारौं सदस्यको बचत डुब्दै

64x64
हेमन्त जोशी शनिबार, चैत ७, २०७७  १९:५४
1140x725

काठमाडौं- बचत तथा ऋणको कारोबार गर्ने डेढ दर्जन सहकारी गम्भीर वित्तीय संकटबाट गुज्रिरहेका छन्। जसमध्ये एक दर्जन सहकारी समस्याग्रस्त घोषणा भइसकेका छन्। चार वटा सहकारीमा सञ्‍चालकले ठगी गरेको विषय अहिले चर्चामा छ।

समस्याग्रस्त घोषणा भएका सहकारीबाहेक अहिले ललितपुरको गुडविल बचत तथा ऋण सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिट लिमिटेड, काठमाडौं धुम्बाराहीको आनन्दनगर बचत तथा ऋण सहकारी र सुन्धाराको सिभिल बचत तथा सहकारीमा सञ्‍चालकहरुले आर्थिक अपचलन गरेको सार्वजनिक भएको छ।

गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ करोडौं रुपैयाँ हिनामिना गरेर फरार भएका छन्। गत फागुन ९ गतेदेखि बन्द यो सहकारी लतिलपुर जिल्ला बचत संघको समन्वयमा बिहीबारबाट खुलेको छ। संघका अध्यक्ष रामहरी बजगाईंका अनुसार गुडविलका बचतकर्ताको तर्फबाट ६ जनाको कार्यदल बनाएर हरेक दिन दुई जनालाई कार्यालयमा बस्‍न भनिएको छ। ‘अध्यक्षले धेरै बेइमान गरेछन्। सहकारीबाट पैसा चलाएर घरजग्गामा लगानी गरेको र फेरि त्यही धितो राखेर बैंकबाट पनि ऋण लिएको देखियो,' बजगाईंले नेपाललाइभसँग भने,‘जिल्ला संघलाई यो विषय निकै पछि मात्र थाहा भयो। एक महिनादेखि बन्द संस्थालाई हामीले समन्वय गरेर खुलाएका छौं।’

हाल फरार रहेका गुडविलका अध्यक्ष श्रेष्ठलाई स्वयं उपस्थित हुन सात दिनको समय दिइएको छ। यस विषयमा प्रहरी प्रशासनलाईसमेत जानकारी गराएर खोज्‍न भनिएको छ।

यो सहकारी संस्थाको ७० करोड रुपैयाँ बराबरको वित्तीय विवरण देखिन्छ। संस्थाले गरेको कर्जा लगानीको अधिकांश पैसा अध्यक्ष श्रेष्ठ एक्लैले लगेको बजगाईंको भनाइ छ। ‘अध्यक्ष एक्लैले मात्र ६० करोड रुपैयाँभन्दा बढी अपचलन गरेको पाइएको छ। यो संस्थाले गत वर्ष पनि लेखापरीक्षण गरेको रहेनछ। अध्यक्षबाहेक अरु क-कसले ऋण लिएर अपचलन गरेका छन्, त्यसको सात दिनभित्र लेखाजोखा गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने।

हाल फरार रहेका गुडविलका अध्यक्ष श्रेष्ठलाई स्वयं उपस्थित हुन सात दिनको समय दिइएको छ। यस विषयमा प्रहरी प्रशासनलाईसमेत जानकारी गराएर खोज्‍न भनिएको छ।

धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारीका सञ्‍चालकबाट उक्त संस्थाका एक हजार सदस्य ठगीमा परेका छन्। 'हाइप्रोफाइल' व्यक्तिहरुसमेत ठगीमा परेको भनिएको उक्त संस्थाका सञ्‍चालकहरु ५० करोड रुपैयाँभन्दा बढी अपचलन गरेर फरार भएका छन्। सदस्यहरुले जिल्ला प्रशासन, प्रहरी कार्यालय, सहकारी विभागलगायत निकायमा उजुरी गरे पनि सञ्‍चालकहरु पक्राउ पर्न सकेको छैनन्। यो संस्थाका सञ्‍चालकहरुले बिनाधितो करोडौं रुपैयाँ ऋण लगानी गरेको र सञ्‍चालकले मात्र मनोमानी ढंगले पैसा चलाएर फरार भएको जनाइएको छ। एक हजारभन्दा धेरै सदस्यको रकम डुबेपछि उक्त संस्थाका पूर्वपदाधिकारीहरुले समस्या समाधानका लागि पहल गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुरस्थित पशुपति सेभिङ एण्ड क्रेडिट लिमिटेडलाई गत वर्ष मङ्सिरमा सहकारी विभागले १० लाख रुपैयाँ जरिवाना गर्‍यो। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन नियम पालना नगरेका कारण जरिवाना गरेको जानकारी दिएको थियो। विभागको कारबाहीमा परेलगत्तै पशुपति सेभिङका सदस्यहरुले आफ्नो बचत फिर्ता माग्दा नपाएको भन्दै उजुरी गरे। सदस्यहरुबाट उठाएको निक्षेप कानुनविपरीत घरजग्गामा लगानी गरेको यो सहकारीले अझै आफ्नो समस्या समाधान गर्न सकेको छैन।

गत फागुन ६ गते बसेको उक्त सहकारीको साधारणसभाले संस्थामा देखिएको समस्या समाधान गर्नका लागि विभिन्‍न समिति गठन गरेको छ। ‘यस संस्थाको वर्तमान अवस्थालाई पुनः व्यवस्थित गर्न विजेन्द्र पसाछेंको संयोजकत्वमा कर्मचारीबाट दुई जना र सेयर सदस्यबाट तीन जना गरी पाँच जनाको व्यवस्थापन समिति गठन गरिएको छ,’ साधारणसभाबाट पारित निर्णयमा उल्लेख छ, ‘संस्थाको हालको परिस्थितिलाई मध्यनजर गरी केही वर्षदेखिको संस्थाको आर्थिक कारोबार सम्बन्धमा लेखापरीक्षण/छानबिन गर्न सुदीप शर्माको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ।’

पशुपति सेभिङमा सात हजार ८०० जना निक्षेपकर्ताको एक अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबरको बचत रहेको छ। गत फागुनमा बसेको विशेष साधारणसभाले बचतकर्ताको बचतका आधारमा रकम फिर्ता गर्नेगरी सामान्य कार्यदिशासमेत पारित गरेको थियो। यो संस्थामा एक लाख रुपैयाँसम्म बचत रहेका करिब पाँच हजार सदस्यको १७ करोड २२ लाख, पाँच लाख रुपैयाँसम्म बचत गर्ने दुई हजार १२६ जना सदस्यको ४२ करोड ६६ लाख र १० लाख रुपैयाँभन्दा माथि रकम बचत गर्ने एक हजार १६६ सदस्यको एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबर बचत फिर्ता गर्ने भन्दै योजना बनाएको थियो।

Xtrem

Xtrem

पूर्वसांसद इच्छाराज तामाङ सञ्‍चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्था पछिल्लो दुई वर्षदेखि वित्तीय चुनौती र आर्थिक समस्याबाट गुज्रिरहेको छ। बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि तामाङले गत वर्ष जेठमा सार्वजनिक कार्यक्रम नै आयोजना गरेर अरु सहकारीलाई सहयोग गर्न भनेका थिए।

यो पनि पढ्नुहोस्

वित्तीय संकटमा सिभिल सहकारी, तरलता व्यवस्थापनका लागि ऋण प्रवाह गर्न आग्रहमंगलबार, जेठ २१, २०७६

व्यावसायिक घराना सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण विवादमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा अहिले पनि मुद्दा चलिरहेको छ। सिभिल समूहको लगानीमा रहेको सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनीरुपमा प्रवाह गरी संस्थालाई धराशायी बनाएपछि बचतकर्ता र सेयर सदस्यहरु अदालतसमक्ष पुगेका हुन्। यो सहकारीले अहिले पनि तरलता व्यवस्थापन गर्न सकेको छैन भने बचतकर्ताले आफ्नो रकम फिर्ता  पाउन सकेका छैन।

यी बाहेक एक दर्जन सहकारी अहिले समस्याग्रस्त घोषणा भएकै अवस्थामा पुगिसकेका छन्। बूढानीलकण्ठ नगरपालिकाले केही समयअघि मात्र नयाँ सन्देश बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। सञ्‍चालकहरुकै बदमासीका कारण यो संस्था पनि धराशायी भएको छ।

त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिले ११ वटा सहकारीको दायित्व व्यवस्थापन गर्ने काम गरिरहेको छ।

यो पनि पढ्नुहोस्

नयाँ सन्देश सहकारीका ऋणी नै गायबआइतबार, पुस १२, २०७७

 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १९:५४
  • #संकटग्रस्त_सहकारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्चले दियो परमादेश बिहीबार, असोज ८, २०८३
ताप्लेजुङको दोभान बजारमा भोषण आगलागी, करिब १० घर जले बिहीबार, असोज ८, २०८३
ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ६ नेता एमाले स्थायी कमिटीमा मनोनीत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्