संसदीय दलको बैठकमा सहभागीहरु। तस्बिर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं- नेकपा (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ। बालुवाटारमा बैठक जारी छ।
बैठक स्रोतबाट नेपाल लाइभलाई प्राप्त जानकारी अनुसार, विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको विधान संशोधन समिति गठन गरिएको हो।
त्यस्तै, गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गर्ने निर्णय पनि गरिएको छ। 'अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ', एक सांसदले जानकारी दिए।
बैठकमा ओली पक्षका सांसदहरु सहभागी भएका छन्। यसअघि माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा रहेका कतिपय सांसदहरु पनि बालुवाटारमा सहभागी भएको दाबी गरिएको छ। तर, नेपाल पक्षले भने आजको बैठक बहिस्कार गरेको छ। सो पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।