तस्बिर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी छ।
बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद भने सहभागी छैनन्। यद्यपि, लालबाबु पण्डित, गंगा चौधरीसहितका केही सांसद भने सहभागी भएको ओली पक्षले दाबी गरेको छ।
बैठकमा संसदीय दलको बोर्ड गठन र दलको विधान संशोधन सम्बन्धी कार्यदल बनाउने विषयमा छलफल हुनेछ। संसदीय दलको बोर्डमा २७ जना सांसद राख्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।