काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका केही सांसदहरु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा लालबाबु पण्डित, तुलसा थापा, नन्दा चपाइँ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसेन, गोपाल बम र विष्णु शर्मा सहभागी भएका ओली पक्षका सांसद महेश बस्नेतले दाबी गरे।
सांसद थापा एमाले उपाध्यक्ष वामदेव गाैतमकी पत्नी हुन्। गाैतम अहिले एमालेको दुवै समूहमा खुलेका छैनन्।
नेपाल समूहले भने दलकाे बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। यसअघि बैठकमा सहभागिताका लागि पठाइएका केही सांसदलाई बाटैबाट फर्काइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।