काठमाडौं–मेगा बैंकका ग्राहकले फुडमाण्डुमार्फत खानाका अर्डर गर्दा विशेष छुट पाउने भएका छन्।
फुण्डमाण्डुसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो।
अफरअन्तर्गत छुट लिन मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डुको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्ने बताइएको छ।
डिजिटल बैंकिङअन्तर्गत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिलाई प्राथमिकतामा राखी फूडमाण्डूसँगको सहकार्यमा अफर सञ्चालन गरेको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।