• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मन्त्रालयका कर्मचारीले कोरोना भत्ता बुझे, ट्राफिक प्रहरीले नियमित भत्ता नै पाएनन्

64x64
नारायण अधिकारी बिहीबार, चैत ५, २०७७  ०६:५८
1140x725
फाइल तस्बिर

काठमाडौं- गत साउन महिनायता ट्राफिक प्रहरीले नियमित रूपमा पाउँदै आएको भत्ता पाएका छैनन्। प्रहरीका अन्य युनिट र जिम्मेवारीभन्दा धेरै समय ड्युटीमा खटिनुपर्ने, सडकको धुलो, धुँवासँग अभ्यस्त हुनुपर्ने लगायतका कारण ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ लाई २०७६ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो। निर्देशिका पारित भएसँगै ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता बुझ्दै आएका थिए। निर्देशिकाले ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ।

तर, निर्देशिकामा भत्ताको व्यवस्था भए पनि कोरोना भाइरस संक्रमणको महामारी, त्यसले निम्त्याएको लकडाउन आदिलाई कारण देखाएर गत साउन महिनादेखि नै ट्राफिक प्रहरीले पाउँदै आएको नियमित भत्ता रोकिएको छ। आठ महिनासम्म पनि नियमित भत्ता नपाएपछि फिल्डमा खटिने तल्लो दर्जाका ट्राफिक प्रहरी निराश बनेका छन्।

‘कर्मचारीलाई भत्ता दिन पैसा हुने, ट्राफिकलाई नहुने?’
गत मङ्सिर ८ गते अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ जारी गरेको थियो। त्यही मापदण्डअनुसार ट्राफिक प्रहरीले पाउँदै आएको नियमित भत्तासमेत कटौती भएको भन्दै अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। अर्थको त्यो पत्रसँगै प्रोत्साहन भत्ता रोकिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले नेपाललाइभलाई बताए।

दुई हजार ८०० जनाको दरबन्दी कायम रहेको ट्राफिक प्रहरीमा देशभर तीन हजार ६०० जनशक्ति कार्यरत छन्। उनीहरूमध्ये डिएसपी दर्जासम्मका प्रहरीलाई प्रोत्साहन भत्ता दिने गरिएको छ। चालु आर्थिक वर्ष सुरू भएदेखि नै त्यो भत्ता रोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगी, चालकलगायतले कोरोना जोखिमबापतको भत्ता बुझे। ‘फ्रन्टलाइन’मा खटिने ट्राफिक प्रहरीको भत्ता भने दिइएन।

कोरोना कहर र लकडाउनका कारण खस्कँदो आर्थिक अवस्थालाई कारण देखाएर फिल्डमा खटिने ट्राफिक प्रहरीलाई दिइँदै आएको नियमित भत्ता कटौती गरिँदा कोरोनाको जोखिममा कार्यालयमै बसेका कर्मचारीले भने जोखिमबापतको भत्ता बुझेका छन्। जस्तो कि, स्वास्थ्य मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगी, चालकलगायतले कोरोना जोखिमबापतको भत्ता बुझे। ‘फ्रन्टलाइन’मा खटिने ट्राफिक प्रहरीको भत्ता भने दिइएन। कतिसम्म भने, स्वास्थ्य मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मकै जोखिम भत्ता बुझिसकेका छन्। प्रहरीलाई हेर्ने दृष्टिकोण नै खोटपूर्ण रहेको उल्लेख गर्दै एक ट्राफिक प्रहरीले भने, ‘हामीले मात्र पाउनुपर्छ भन्‍ने  होइन। तर, पैसा छैन भनेर हाम्रो नियमित भत्ता काटिदिने, अफिसमा बसेर काम गर्ने कर्मचारीलाई भने भत्ता दिन पैसा हुने राम्रो भएन नि।’

प्रहरी मुख्यालयको प्रयास असफल
भत्ता रोक्ने निर्णय भएपछि दैनिक १२ घण्टासम्म सडकमा ड्युटी गर्ने ट्राफिक प्रहरीको मनोबल खस्कन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसमा विरोध जनाएको थियो। भत्ता रोकिँदा त्यसको असर फिल्डमा खटिने तल्लो दर्जाका प्रहरीमा पर्ने र त्यसबाट ट्राफिक व्यवस्थापनदेखि पुलिसिङसम्ममै समस्या निम्तिने भन्दै प्रहरी प्रधान कार्यालयले भत्ता कटौती नगर्न आग्रह गरेको थियो।

ट्राफिक प्रहरीले उठाएको राजस्वको सानो हिस्साबाटै नियमित भत्ता दिन पुग्छ, अरूले जोखिम भत्तासमेत पाउँदा हामीले सधैँ पाइरहेको नियमित भत्ता पनि नपाउनु दुःखको कुरा हो।

प्रहरी प्रधान कार्यालयका एक अधिकृत भत्ता नरोक्न दुई पटकसम्म गृह मन्त्रालयलाई अनुरोध गरिएको तर त्यसको सुनुवाइ नभएको बताउँछन्। ती अधिकृतले नेपाललाइभसँग भने, ‘गृहले अर्थ मन्त्रालयको निर्णय भएकाले केही गर्न नसकिने जवाफ दियो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७३/७४ मा ३५ करोड ६० लाख ६७ हजार ९०० रूपैयाँ राजस्व उठाएको थियो। त्यस्तै, २०७४/७५ मा २९ करोड ३१ लाख ४५ हजार, २०७५/७६ मा ३१ करोड ५६ लाख ४१ हजार र २०७६/७७ मा २६ करोड ४१ लाख २९ हजार ५०० रूपैयाँ ट्राफिक प्रहरीले राजस्व उठाएको छ। चालु आर्थिक वर्षमा १३ करोड ८९ लाख ८० हजार ५०० रूपैयाँ राजस्व उठिसकेको महाशाखा प्रमुख जनक भट्टराई बताउँछन्।

एक कनिष्ठ ट्राफिक प्रहरी अधिकृतले राज्यले नै हेपेको गुनासो गरे। ‘ट्राफिक प्रहरीले उठाएको राजस्वको सानो हिस्साबाटै नियमित भत्ता दिन पुग्छ, अरूले जोखिम भत्तासमेत पाउँदा हामीले सधैँ पाइरहेको नियमित भत्ता पनि नपाउनु दुःखको कुरा हो,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्