• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मन्त्रालयका कर्मचारीले कोरोना भत्ता बुझे, ट्राफिक प्रहरीले नियमित भत्ता नै पाएनन्

64x64
नारायण अधिकारी बिहीबार, चैत ५, २०७७  ०६:५८
1140x725
फाइल तस्बिर

काठमाडौं- गत साउन महिनायता ट्राफिक प्रहरीले नियमित रूपमा पाउँदै आएको भत्ता पाएका छैनन्। प्रहरीका अन्य युनिट र जिम्मेवारीभन्दा धेरै समय ड्युटीमा खटिनुपर्ने, सडकको धुलो, धुँवासँग अभ्यस्त हुनुपर्ने लगायतका कारण ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ लाई २०७६ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो। निर्देशिका पारित भएसँगै ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता बुझ्दै आएका थिए। निर्देशिकाले ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ।

तर, निर्देशिकामा भत्ताको व्यवस्था भए पनि कोरोना भाइरस संक्रमणको महामारी, त्यसले निम्त्याएको लकडाउन आदिलाई कारण देखाएर गत साउन महिनादेखि नै ट्राफिक प्रहरीले पाउँदै आएको नियमित भत्ता रोकिएको छ। आठ महिनासम्म पनि नियमित भत्ता नपाएपछि फिल्डमा खटिने तल्लो दर्जाका ट्राफिक प्रहरी निराश बनेका छन्।

‘कर्मचारीलाई भत्ता दिन पैसा हुने, ट्राफिकलाई नहुने?’
गत मङ्सिर ८ गते अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ जारी गरेको थियो। त्यही मापदण्डअनुसार ट्राफिक प्रहरीले पाउँदै आएको नियमित भत्तासमेत कटौती भएको भन्दै अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। अर्थको त्यो पत्रसँगै प्रोत्साहन भत्ता रोकिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले नेपाललाइभलाई बताए।

दुई हजार ८०० जनाको दरबन्दी कायम रहेको ट्राफिक प्रहरीमा देशभर तीन हजार ६०० जनशक्ति कार्यरत छन्। उनीहरूमध्ये डिएसपी दर्जासम्मका प्रहरीलाई प्रोत्साहन भत्ता दिने गरिएको छ। चालु आर्थिक वर्ष सुरू भएदेखि नै त्यो भत्ता रोकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगी, चालकलगायतले कोरोना जोखिमबापतको भत्ता बुझे। ‘फ्रन्टलाइन’मा खटिने ट्राफिक प्रहरीको भत्ता भने दिइएन।

कोरोना कहर र लकडाउनका कारण खस्कँदो आर्थिक अवस्थालाई कारण देखाएर फिल्डमा खटिने ट्राफिक प्रहरीलाई दिइँदै आएको नियमित भत्ता कटौती गरिँदा कोरोनाको जोखिममा कार्यालयमै बसेका कर्मचारीले भने जोखिमबापतको भत्ता बुझेका छन्। जस्तो कि, स्वास्थ्य मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगी, चालकलगायतले कोरोना जोखिमबापतको भत्ता बुझे। ‘फ्रन्टलाइन’मा खटिने ट्राफिक प्रहरीको भत्ता भने दिइएन। कतिसम्म भने, स्वास्थ्य मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मकै जोखिम भत्ता बुझिसकेका छन्। प्रहरीलाई हेर्ने दृष्टिकोण नै खोटपूर्ण रहेको उल्लेख गर्दै एक ट्राफिक प्रहरीले भने, ‘हामीले मात्र पाउनुपर्छ भन्‍ने  होइन। तर, पैसा छैन भनेर हाम्रो नियमित भत्ता काटिदिने, अफिसमा बसेर काम गर्ने कर्मचारीलाई भने भत्ता दिन पैसा हुने राम्रो भएन नि।’

प्रहरी मुख्यालयको प्रयास असफल
भत्ता रोक्ने निर्णय भएपछि दैनिक १२ घण्टासम्म सडकमा ड्युटी गर्ने ट्राफिक प्रहरीको मनोबल खस्कन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसमा विरोध जनाएको थियो। भत्ता रोकिँदा त्यसको असर फिल्डमा खटिने तल्लो दर्जाका प्रहरीमा पर्ने र त्यसबाट ट्राफिक व्यवस्थापनदेखि पुलिसिङसम्ममै समस्या निम्तिने भन्दै प्रहरी प्रधान कार्यालयले भत्ता कटौती नगर्न आग्रह गरेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ट्राफिक प्रहरीले उठाएको राजस्वको सानो हिस्साबाटै नियमित भत्ता दिन पुग्छ, अरूले जोखिम भत्तासमेत पाउँदा हामीले सधैँ पाइरहेको नियमित भत्ता पनि नपाउनु दुःखको कुरा हो।

प्रहरी प्रधान कार्यालयका एक अधिकृत भत्ता नरोक्न दुई पटकसम्म गृह मन्त्रालयलाई अनुरोध गरिएको तर त्यसको सुनुवाइ नभएको बताउँछन्। ती अधिकृतले नेपाललाइभसँग भने, ‘गृहले अर्थ मन्त्रालयको निर्णय भएकाले केही गर्न नसकिने जवाफ दियो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७३/७४ मा ३५ करोड ६० लाख ६७ हजार ९०० रूपैयाँ राजस्व उठाएको थियो। त्यस्तै, २०७४/७५ मा २९ करोड ३१ लाख ४५ हजार, २०७५/७६ मा ३१ करोड ५६ लाख ४१ हजार र २०७६/७७ मा २६ करोड ४१ लाख २९ हजार ५०० रूपैयाँ ट्राफिक प्रहरीले राजस्व उठाएको छ। चालु आर्थिक वर्षमा १३ करोड ८९ लाख ८० हजार ५०० रूपैयाँ राजस्व उठिसकेको महाशाखा प्रमुख जनक भट्टराई बताउँछन्।

एक कनिष्ठ ट्राफिक प्रहरी अधिकृतले राज्यले नै हेपेको गुनासो गरे। ‘ट्राफिक प्रहरीले उठाएको राजस्वको सानो हिस्साबाटै नियमित भत्ता दिन पुग्छ, अरूले जोखिम भत्तासमेत पाउँदा हामीले सधैँ पाइरहेको नियमित भत्ता पनि नपाउनु दुःखको कुरा हो,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्