• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीका क्रियाकलाप ‘आफू नै सरकार र आफू नै पार्टी’ भन्ने स्थापित गर्न केन्द्रित

माधव नेपालको अवधारणा पत्र
64x64
नेपाल लाइभ बुधबार, चैत ४, २०७७  १७:५०
1140x725

काठमाडौं- आफू पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा अवधारणा पत्र पेश गर्दै माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। अवधारणा पत्रमा नवौं महाधिवेशनयता ओलीका व्यवहारको चित्रण गरिएको छ।

'नेकपा (एमाले)को नवौँ महाधिवेशनमा केपी ओलीको पक्षमा नरहेकाहरुलाई काम नदिने, एक्ल्याउने र अपमानित गर्ने काम हुँदै गए। उहाँका क्रियाकलाप आफू नै सरकार र आफू नै पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहे', अवधारणा पत्रमा उल्लेख छ।

ओली नेतृत्वको अघिल्लो सरकार वस्तुतः वामपन्थी चरित्रको भएको र कुशलतापूर्वक चलाउन सकेको भए वामपन्थी नेतृत्वकै सरकारले स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन गराउँदै अगाडि बढ्ने सम्भावना भएको उल्लेख छ। 'तर, केपी ओलीले  सहमतिको पालना र नेतृत्व गर्न नसक्दा, आफ्नै नेतृत्वमा बाहेक अरुले नेतृत्व गरेको सरकारमा नेकपा (एमाले)लाई जान नदिने अडान लिनु भएपछि नेकपा (एमाले) सरकारबाट बाहिरिनु पर्‍यो', अवधारणा पत्रमा उल्लेख छ।

नाकाबन्दीको सामना गरेको मुलुकको प्रधानमन्त्रीका रुपमा केपी ओलीको लोकप्रियता बढेपछि उनमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको बताइएको छ।

ओलीले आफू प्रधानमन्त्री बन्नका लागि वामपन्थीहरुबीच सहकार्यको प्रस्ताव ल्याएको अवधारणा पत्रमा उल्लेख छ। 'तापनि कम्युनिस्टहरुबीच सहकार्यको प्रस्ताव आफैंमा उचित भएको हुँदा स्थायी कमिटीले त्यस प्रस्तावलाई पारित गर्‍यो', अवधारणा पत्रमा भनिएको छ।

त्यतिबेला वामपन्थी सहकार्यको पक्षमा आएको जनमतको आडमा पार्टीभित्र ओलीले मनमौजी जारी राखेको आरोप लगाइएको छ।

निर्वाचन परिणाम वाम गठबन्धनको पक्षमा आएपछि ओलीले आफ्नो निजी सामर्थ्यमा बृद्धि भएको ठान्न थालेको र एक्लै निर्णय गर्ने उनको कार्यशैली अझ बढेको भनिएको छ। त्यस्तै, ओलीले नेकपा (माओवादी केन्द्र) सँग पार्टीको सिद्धान्त, नाम, सङ्गठनात्मक व्यवस्थालगायत कैयन् विषयमा एकलौटी सम्झौता गरेको र अचानक पार्टी एकताको प्रस्ताव ल्याएको भनिएको छ।

'पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीसमेत नेकपाका दुईजना अध्यक्ष कमरेड ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आलोपालो गर्ने ‘गोप्य’ सम्झौतासमेत गर्नुभयो', उनले भने, 'यसरी एकातिर कम्युनिष्ट आन्दोलनले ऐतिहासिक उपलब्धिहरु प्राप्त गर्ने सम्भावनाका ढोकाहरु खुल्दै गएका थिए भने त्यसको नेताका रुपमा कमरेड ओलीको व्यक्तिकेन्द्रित चरम गुटबन्दीपूर्ण कार्यशैलीले पार्टीलाई क्रमशः समस्याग्रस्त बनाउँदै गयो।'

nimb
nimb
Ncell 2
Ncell 2

पार्टी एकताद्वारा संसदमा झण्डै दुइतिहाई बहुमत भएपछि ओलीको व्यवहार अझै बढी एकाङ्गी बन्दै गएको अवधारणा पत्रमा उल्लेख छ। 'पार्टी एकताको घोषणा गर्न डाकिएको बैठक जसरी हतार–हतार सञ्चालन गरियो र कहिल्यै छलफल नभएका अजेण्डा जसरी घुसाइयो, त्यहीँदेखि एकीकृत पार्टी जीवन समस्याग्रत हुँदै जाने अनुमान गर्न सकिन्थ्यो', भनिएको छ, '३ महिनाभित्र एकीकरणका सबै काम सम्पन्न गर्ने भनेर घोषणा गरिए पनि एकीकरण प्रक्रियालाई सुनियोजित रुपले ढिला गरियो, जिल्लासम्मको नेतृत्व मनमौजी तोक्ने जुन प्रयास र कामहरु भए त्यसले पार्टी बनाउने होइन बरु भएकै पार्टी विघटन गर्ने उद्देश्य देखिँदै गयो। स्थायी कमिटीका हरेकजसो बैठकमा ती विषयमा छलफलको माग गरियो तर छलफल नै हुन दिइएन।'

कोभिड-१९ को संक्रमणबाट आक्रान्त जनतालाई राहत दिन पार्टीले अभियान चलाउनु पर्छ भन्ने प्रस्तावलाई समेत निन्दा गरिएको आरोप लगाइएको छ। 'प्रधानमन्त्रीले आफूलाई ‘जनताले चुनेको प्रधानमन्त्री’ भएको हुँदा पार्टीप्रति कुनै जवाफदेही नभएको भाषण गर्न थाल्नु भयो। भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुलाई उहाँले गर्नु भएको संरक्षणले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ जस्ता नारालाई हास्यास्पद बनाइदियो। सुशासनको पक्षमा उठेका आवाजलाई उहाँले आफूलाई असफल पार्न गरिएको षडयन्त्र देख्नुभयो', अवधारणा पत्रमा उल्लेख छ।

ओली पार्टी कमिटीमा र संसदीय दलमा अल्पमतमा पर्दै गएपछि र सबैतिर असफल हुँदै गएपछि आफ्ना असफलता ढाक्न संविधान विपरीत प्रतिनिधि सभा भंग गर्ने निर्णयमा पुगेको अवधारणा पत्रमा उल्लेख छ। 'वस्तुतः त्यो कदम ठूलो मूल्यमा बनेको र रक्षा गरिएको संविधानको विरुद्ध, हाम्रो लोकतान्त्रिक स्थिरताको विरुद्ध र कम्युनिस्ट पार्टी र आन्दोलनकै विरुद्धको आक्रमण थियो', अवधारणा पत्रमा भनिएको छ।

अदालतको फैसलापछि नवौँ महाधिवेशनले गरेका निर्णयका वरिपरि रहेर एकताभन्दा अगाडिको विन्दुबाट पार्टी जीवनलाई सुरु गर्नुपर्ने र त्यसका लागि ओलीका विभाजनकारी तथा फुटपरस्त चिन्तन, शैली र व्यवहारलाई परास्त गर्नुपर्ने आवश्यकता बोध गरिएको छ।

'अध्यक्ष केपी ओलीका निजी महत्वाकांक्षाका कारणले हाम्रा उपलब्धिहरु गएका केही महिनामा एकपछि अर्को गरी गुम्दै गएका छन्। पार्टी एकता असफल भएको छ, गठबन्धनको सम्भावनासमेत कमजोर हुँदै गएको छ, संसदमा एउटा कम्युनिष्ट पार्टीको बहुमत गुमेको छ र संविधानलाई ठूलो चोट लागेको छ। र, बाँकी बचेको नेकपा (एमाले)को एकतामाथि समेत खतरा आइपरेको छ। यसरी पार्टीमाथि आइपरेको यो चुनौती अर्को हिसाबले मुलुकको लोकतान्त्रिक स्थिरतामाथि आइपरेको चुनौती बनेको छ', अवधारणा पत्रमा भनिएको छ। 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन
सम्बन्धित सामग्री
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने पनि देशभरका ९५ वटा विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐनको पालनामा गम्भीर कमजोरीहरू... मंगलबार, असार २३, २०८३
सिंह दरबारबाट अनिर्वाचितहरूले शासन चलाइरहेको रामकुमारी झाँक्रीको आरोप गलबार राष्ट्रियसभाको बैठकमा उनले सुशासनको नारा दिएर आएको सरकार र उसका मन्त्रीहरूको पछाडि धेरै व्यक्तिहरूलाई जागिर दिइएको विषयमा पनि... मंगलबार, असार २३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्