फाइल तस्वीर
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।
संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका छन्। राष्ट्रिय भेलामा व्यस्त माधव पक्षका नेता योगश भट्टराईले नेपाल लाइभसँग भने,‘संसदीय दलको बैठकमा हामी जाँदैनौं। राष्ट्रिय भेलामा हुन्छौं।’
ओली पक्षले बाेलाएकाे बैठकमा सांसद्हरुलाई कसरी प्रभावकारी रुपमा प्रस्तुत हुने, कसरी दललाई एक ढिक्का बनाउने, कसरी संसद्मा समस्याहरु उठाउने लगायतका एजेन्डामा छलफल गर्ने बताइएकाे छ। तर, माधव पक्षले बालुवाटारमा हुने कुनै पनि बैठकमा सहभागी नहुने यसअघि घोषणा गरिसकेकाे छ।
माधव पक्षले आज सानेपामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। सो भेला नगराउन, सहभागी नहुन र सहभागी भए कारबाही हुने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नै चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।