इनरुवा- नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेस पार्टीमा जिल्लास्तरमा गुट उपगुट नरहे पनि केन्द्रमा गुट-उपगुट हावी रहेकाले यसलाई माथिबाटै सुधार गर्नुपर्ने बताएका छन्।
सुनसरी सदरमुकाम इनरुवामा कांग्रेसको नियमित बैठकमा गच्छदारले आगामी दिनमा कांग्रेसलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए।
बैठकमा जिल्ला सभापति तथा प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभा सदस्य सीताराम मेहता, प्रदेशसभा सदस्य ताहिर अन्सारी, अगमलाल चौधरी, नवोदिता चौधरी, ज्योति सुब्बा, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेल लगायतले कांग्रेसमा सुधारको खाँचो औँल्याए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।