काठमाडाैं–एमाले नेता भीम रावलले प्रतिनिधि सभा र राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्ने थलो राष्ट्रपति निवास नभएको टिप्पणी गरेका छन्।
माधव पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा मञ्चमा रहेकै बेला ट्विट गर्दै रावलले भने, ‘नेपालको संविधानले राष्ट्रपति निवासलाई प्रतिनिधि सभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका बीच छलफल गर्ने थलोका रूपमा स्वीकार गर्दैन।’
राष्ट्रपतिले गलत परिपाटी बसालेको रावलको बुझाइ छ। संविधान, लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्नेले राष्ट्रपति कार्यालयले गरेको कार्य स्वीकार्न नसक्ने उनको ठहर छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय भेला बोलाएकी थिइन्। उक्त भेलामा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा भंगको बचाउमा उत्रेका थिए। अन्य सहभागीले भने ओलीको अभिव्यक्तिको विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।