काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले आजदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने बताइएको छ।
भेलामा वरिष्ठ नेता नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि तथा पार्टी एकताका लागि गरिएको प्रयत्न तथा गतिविधि समेटिएको समेटिएको प्रतिवेदन पेस गर्ने नेता विष्णु रिजालले जानकारी दिए।
प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली पक्षले कसरी विधान उल्लंघन गरी हालको अवस्थामा पुर्याए भन्ने विषयबारे समेत उल्लेख हुने उनले बताए।
दुई दिनसम्म चल्ने भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढीको उपस्थिति रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।