• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले : 'राष्ट्रिय भेला'पछि के होला?

64x64
किशोर दहाल मंगलबार, चैत ३, २०७७  २०:४५
1140x725
फाइल तस्बिर

काठमाडौं- 'अब अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ। यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहन्छु', मंगलबार बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीपूर्ण यस्तो भाषा बोले। उनले एमालेमा समानान्तर गतिविधितिर अग्रसर माधवकुमार नेपाल पक्षलाई कारबाहीको धम्की दिए।

ओलीको सम्बोधन सकिएको केही बेरमै एमालेका सचिव योगेश भट्टराईले ललितपुरको हेरिटेज गार्डेनबाट प्रतिवाद गरे। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने- 'हामी एकपछि अर्को कारबाही खानका निम्ति लामबद्ध छौं, तयार छौं। त्यसमा हामीलाई कुनै पश्चताप हुने छैन। किनभने हामी मुलुकका लागि, संविधानका लागि, हामीले प्राप्त गरेको जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौं। हामीलाई त्यसमा कुनै हिनताबोध छैन।'

यही हेरिटेज गार्डेनमा माधवकुमार नेपाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। 

ओली पक्षले आफूसँग रहेको अन्तिम हतियार प्रयोग गर्न धम्की दिँदा नेपाल पक्षले त्यसको निम्ति तयार छौं भन्नुले अब एमालेभित्रको लडाइँ वारपारको स्थितिमा पुगेको आकलन गर्न सकिन्छ। जसको स्पष्ट दृश्य बुधबार र बिहीबार आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट देखिने छ।

विरासतमै प्राप्त 'विभाजन'
फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलाबाट ब्युँतिएको एमालेलाई विरासतमा विभाजित मानसिकता प्राप्त भएको थियो। परिणामतः ब्युँतिएको एमालेका शक्तिशाली अध्यक्ष ओलीले सुरुवातमै नेकपाकालीन प्रतिशोध साँध्ने प्रयत्न गरे। उनले फागुन २८ गते आफू पक्षीय केही केन्द्रीय कमिटी सदस्यहरुलाई बालुवाटारमा सुटुक्क बोलाएर केही निर्णयहरु गरिदिए। ती निर्णय मूलतः नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीविहीन बनाउने र आगामी शक्ति संघर्षमा आफूलाई बलियो पार्ने समीकरण तयार पार्ने उद्देश्यबाट निर्देशित देखिन्छन्।

भेलामार्फत नेपाल पक्षले आफ्ना अहिलेसम्मको गतिविधिलाई अनौपचारिक अनुमोदन गर्नेछन्। र, आगामी कदमप्रति अग्रिम समर्थन पनि लिनेछन्। जुन कुरा एकताभन्दा पनि विभाजन प्रेरित हुनेछन्। 

यता बलदिँदो र सकसपूर्ण अवस्थामा अध्यक्ष ओलीले फराकिलो छाती प्रदर्शित गर्लान् भन्ने अपेक्षामा रहेको नेपाल पक्षलाई सो 'गुट भेला'ले अचम्मित मात्रै पारेन, निराश पनि पारिदियो। अदालतले ब्युँत्याइदिएको नेकपा एमाले आफ्नो पनि हो भन्नै नपाई ओली पक्षका नेताहरुले 'सुध्रिएर आए स्वागत गरिन्छ' भन्न थालेपछि ओलीले आफ्नो पक्ष बिनाको एमालेको परिकल्पना गरेको बुझाइमा उनीहरु छन्। जसले गर्दा नेपाल पक्षको शब्दमा 'एमाले पुनर्गठन' र आम बुझाइमा 'एमाले विभाजन'का दिनहरु नजिकिन थालेका छन्। जसको औपचारिक सुरुवात यही भेला बन्न सक्छ।

भेलाले पार्टीलाई विभाजनतिर लैजान्छ भन्ने बुझेरै ओलीले बालुवाटारबाट आक्रोश व्यक्त गरेको बुझ्न कठिन छैन। त्यसैले उनले भेलामा सहभागी नहुन चेतावनी दिएका छन्। 'नेकपा एमालेसँग आबद्ध सम्बद्ध नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सजग र सचेत गर्न चाहन्छु। पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु', उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

भेलामा सहभागिता जनाउन तम्तयार कार्यकर्तालाई अलमल्याउन वा भेलालाई नै रोक्न सकिन्छ कि भन्नका लागि ओलीले सोमबार नेपाल पक्षसँग पनि धुम्बाराहीमा छलफल गरेका थिए। तर, त्यो सकारात्मक निष्कर्षमा पुगेन।

भेलामा माधवकुमार नेपाल पक्षले दस्तावेज प्रस्तुत र पारित गर्ने तय भएको छ। 'भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणा-पत्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिनेछ', मंगलबार भट्टराईद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ।

कार्यकर्तामाझ प्रस्तुत गरिने दस्तावेजमा केपी ओलीका पछिल्ला कदमहरुको आलोचना गरिने कुरा बुझ्न कठिन छैन। पार्टीका एक पक्षका नेताहरु सोही दस्तावेज पारित गर्ने मात्रै होइन, त्यसलाई बोकेर आफ्नो गाउँगाउँसम्म पुग्नेछन्। अरुलाई पनि दीक्षित गर्नेछन्। यसले एमाले विभाजनलाई तल्ला तहसम्म पुर्‍याउनेछ।

यसअघिका कैयौं पार्टी विभाजनका बेलामा पनि यस्तै भेला आयोजना हुने, समानान्तर कमिटीहरु बन्ने, कारबाही हुने र नयाँ पार्टी घोषणा हुने गरेका देखिन्छन्। बुधबार र बिहीबारको भेलालाई पनि त्यति नै गम्भीरताका साथ लिन आवश्यक नभए पनि आगामी बाटो त्यही भएको बुझ्न सकिन्छ। ओली पक्षले फागुन २८ गते निर्णय गरेपछि नेपाल पक्षले भोलिपल्टै केही समानान्तर जिम्मेवारी तोकिसकेको छ। भेलापछि आगामी दिनमा त्यसखालका कामले थप तीव्रता पाउन सक्छ।

भेलामार्फत नेपाल पक्षले आफ्ना अहिलेसम्मको गतिविधिलाई अनौपचारिक अनुमोदन गर्नेछन्। र, आगामी कदमप्रति अग्रिम समर्थन पनि लिनेछन्। जुन कुरा एकताभन्दा पनि विभाजन प्रेरित हुनेछन्। 

मुख्यतः एमालेमा बढ्दो तिक्तता र विभाजित मानसिकताका बीच हुन लागेको भेलामा उपस्थित हुनेहरु माधवकुमार नेपालले उठाएका पछिल्ला मुद्दासँग सहमत नेता तथा कार्यकर्ता नै हुनेछन्। भेलापछि उनीहरु ती विषयमा झनै ढृढ बन्नेछन्। र परिणामतः विभाजन रेखा झनै गाढा बन्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्