प्रतिकात्मक तस्बिर।
काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिका-७, करङडाँडामा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। सिन्धुली सदरमुकामबाट बाँसकटेरी जाँदै गरेको बा १७ च १११७ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी न्यौपानेका अुनसार मृत्यु हुनेमा कमलामाइ नगरपालिका-७ बाँसकटेरीका ६०-६५ वर्षका रुद्रबहादुर थापा, १९ वर्षकी दुर्गा श्रेष्ठ, उनका २ वर्ष छोराका मनिष श्रेष्ठ र १८ वर्षकी रीता इस्मालीको मृत्यु भएको छ।
दुर्घटनामा जिप चालक भोजविक्रम थापा र यात्रु कविता श्रेष्ठ गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।