काठमाडौं- नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नयाँ शोरुम संचालन गर्ने भएको छ। उपत्यकाको बालकुमारीमा आइतबार सोरुम संचालन गर्न लागिएको हो।
आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा बढीको लागनीमा २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट-अफ-आर्ट’ सोरुम सञ्चालनमा ल्याउन लागेको हो।
नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत एमएडब्लू वृद्धिले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।
फोटन चीनको नम्बर एक कमर्सियल भेहिकल ब्रान्ड हो। सन् २०२० मा विश्वभर ६ लाख ८० हजार वटा सवारी बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो।
फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन्। हाल एमएडब्लू वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।