काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका शीर्ष नेताहरुले संसदबाटै गतिरोधको निकास निकाल्नुपर्ने जोड दिएका छन्। राष्ट्रपति भण्डारीकाे निमन्त्रणामा शीतलनिवास पुगेका नेताहरुले सर्वाेच्च अदालतकाे फैसलापछि उत्पन्न गतिराेध संसद भित्रबाटै हल गर्न जाेड दिएका हुन्।
राष्ट्रप्रमुख र सरकार प्रमुखकै कारण अहिलेको स्थिति आएको विचार बैठकमा उठेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। उनले भने, ‘संसदबाट निकास निकाल्नुपर्छ भन्ने कुरा नेताहरुबाट उठेको थियो।’
सर्वदलीय बैठकमा राष्ट्रपतिले मूलतः बंगलादेशमा चैत ९ र १० मा गर्न लागेको राजकीय भ्रमणका बारेमा जानकारी गराएकी थिइन्। बैठकमा पुगेका राजमोका अध्यक्ष केसीले भने,‘औपचारिक भ्रमणको जानकारी दिन बोलाइएको रहेछ। त्यही भ्रमणको जानकारी गराउन चियापानको निम्तो गर्नुभएको रहेछ।’
आफूले राखेको विचारबारे केसीले भने,‘तपाईहरु जिम्मेवार स्थानमा बसेको व्यक्तिहरुले बुझ्नुपर्ने हो। अहिलेको स्थिति कसले गर्दा आयो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।