वर्षमान पुन। तस्बिर : निमेष जंग राई
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाको समीकरणले मूर्त रूप लिने बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दल बैठकपछि बाहिरिने क्रममा पुनले पत्रकारहरूसँग यस्तो बताएका हुन्।
जसपाको बैठकपछि सत्ता समीकरणले मूर्त रूप लिने उनको भनाइ छ। जसपाले चैत ५ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ।
‘जसपाको बैठकपछि कांग्रेस, माओवादी र जसपाबीचको समीकरणले मूर्त रूप लिनेछ। प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो। त्यसलाई सच्याउनुपर्छ भनेर लागेकाहरू एकै ठाउँमा उभिउनुपर्छ भन्ने छ। संसद् पुनर्स्थापना भएको सन्दर्भमा तीन दलबीच प्राकृतिक गठबन्धन बन्नेछ,’ पुनले भने।
जसपा सत्ता समीकरणका लागि निर्णायक भएपनि उसले निर्णय गर्न नसक्दा माओवादी केन्द्र पनि पर्ख र हेरको अवस्थामा छ। माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन अनुरोध गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। जसपाको कार्यकारिणी समितिबाट निर्णय आएपछि प्रचण्डले स्टेप चाल्न सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।