काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार र बिहीबारको कार्यकर्ता भेलाको उद्घाटन गरिदिन आग्रह गरेको छ।
भोलि र पर्सी दुई दिन माधव पक्षले बोलाएको कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव योगेश भट्टराईले यस्तो आग्रह गरेका हुन्। उनले भने,‘हामी चाहन्छौं, तपाईं नै उद्घाटन गर्न आइदिनु्स्। देशभरबाट आउने तपाईंकै कार्यकर्ता हुन्। तपाईंले बनाएका कार्यकर्ता नै हुन्।’
प्रधानमन्त्रीले आवेग र उत्तेजनामा बालुवटारमा बोलेकोप्रति उनले आपत्ति जनाए। ‘बुद्धको देशमा शान्तिको भाषा हुन्छ। शक्तिको भाषा बोल्नु हुँदैन,’प्रधानमन्त्री ओलीले आज विहान बालुवाटारमा आयोजित चियापान कार्यक्रममा बोलेको अभिव्यक्तिप्रति भट्टराईले प्रतिवाद गरे।
भेलामा नजर लगाउन कसैलाई खटाउनुभन्दा प्रधानमन्त्री आफैं उपस्थित हुन उपयुक्त हुने उनले सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।