काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कारबाहीका लागि आफूहरु तयार भएको बताएका छन्।
चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आवेग र उत्तेजनामा नआउने आग्रह गरे।
'हामी एकपछि अर्को कारबाहीका लागि तयार छौं', भट्टराईले ओलीलाई भने, 'तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि लामबद्ध छौं।'
भट्टराईले ओलीलाई भेला उनको पनि भएकाले त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरे।
मंगलबार नै बालुवाटारमा भएको चियापान कार्यक्रममा ओलीले पार्टीको विधानविपरीत भेला, बैठक गरे कारबाही गर्ने नेपाल पक्षलाई चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।