काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपामा रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भाँडभैलो मच्चाएको आरोप लगाएका छन्।
‘जहिले पनि भाँडभैलो यो कुरा हुन सक्दैन,’ बालुवाटारमा गरिएको चियापानमा प्रधानमन्त्री ओलीले भने, ‘फलानो गुटको भेला फलानो ठाउँमा भन्ने कुरा हुन सक्दैन।’
प्रधानमन्त्रीले बोलाएको चियापानमा माधव कुमार नेपाल पक्षका केन्द्रीय सदस्य उपस्थिति छैनन्। माधव पक्षीय नेता नआएको प्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसको निमन्त्रणा पाए उहाँहरु जानुहुन्छ? एकथरी अनुहार देखिएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।