• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सिरहा विस्फोट : गोइतले दुई साताअघि नै दिएका थिए संकेत

64x64
नारायण अधिकारी मंगलबार, चैत ३, २०७७  ०८:११
1140x725

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अचानक शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहबाट भनेका थिए, ‘नेपालमा सशस्त्र गतिविधि गर्ने समूह निमिट्यान्न भयो।’

प्रधानमन्त्रीले यस्तो उद्घोष गरेको १५ दिन नबित्दै आइतबार सिरहामा बम विस्फोट भयो। सिरहा सदरमुकाम लहानस्थित मालपोत कार्यालयको दोस्रो तलामा सेवाग्राहीको भीडभाड रहेका बेला गराइएको प्रेसर कुकर बम विस्फोटमा ८ जना घाइते भए।

विस्फोटको जिम्मा जयकृष्ण गोइतले नेतृत्व गरेको ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)’ नामको संगठनले लिएको छ। विस्फोट स्थलमै उक्त मोर्चाको पर्चा भेटिएको थियो। सो पर्चामा उल्लेख थियो, ‘तराईमा भ्रष्टाचार व्याप्त रहेकाले त्यसको कारबाहीस्वरुप विस्फोट गराइएको।’

चैत १ गते बम विस्फोट भए पनि यसको संकेत भने गोइत समूहले दुई साता पहिले नै दिइसकेको खुलेको छ। आतंकवाद, अन्तरदेशीय अपराध र भूमिगत समूहका गतिविधिको सुक्ष्म निगरानी गर्ने नेपाल प्रहरीको विशेष ब्युरोका एक उच्च अधिकारीले बताएअनुसार गत फागुन १४ गते सिरहाकै एक सार्वजनिक चौरमा गोइत समूहले बम राखेको थियो। तर, त्यो बम विस्फोट हुन पाएन। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम निष्क्रिय तुल्याएको थियो। त्यो ठाउँमा पनि आइतबार मालपोत कार्यालयमा फेला परेजस्तै गोइत समूहको पर्चा भेटिएको थियो। 

गोइत सिरहाकै बासिन्दा हुन्। तर, करिब दुई दशकदेखि उनले भारतमा आश्रय लिएर तराईंका जिल्लामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेका छन्। उनको समूहले दुई साताअघि नै विस्फोटको संकेत गरेपनि सुरक्षा निकायले कुनै भेउ नपाउँदा मालपोत कार्यालयमै विस्फोट भएको हो। 

विस्फोट गराएर दबाब दिने र प्रधानमन्त्रीको फेरो समाउँदै आफ्ना सम्पूर्ण कार्यकर्ताको मुद्दा फिर्ता लिने उद्देश्य हुन सक्ने ठकुरीको विश्लेषण छ।

मुलुकको आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आ–आफ्नै जासूसी संयन्त्र छन्। दुई साता पहिले बमसहित पर्चा राख्दासमेत सुरक्षा निकायहरु गोइत समूहका गतिविधिबारे मिहिन रुपमा विश्लेषण गर्न चुके। परिणाम, मालपोत कार्यालयमा दिनदहाडै भएको विस्फोट र त्यसले निम्त्याएको रक्तपातपूर्ण दृष्यले त्रास र आतंक फैलाउने काम गर्‍यो।

आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्यूरो, सशस्त्र प्रहरी बलको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर परिचालित हुन्छन्। सिरहा मालपोतमा भएको बम विस्फोटको घटनाले यी चारवटै संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न उब्जाएको छ।
 
विस्फोट किन?
प्रदेश २ प्रहरी कार्यालयका प्रमुख, डिआइजी धीरज प्रताप सिंह विस्फोटको प्रमुख उदेश्य त्रास र आतंक फैलाएर चन्दा असुल्ने भएकोतर्फ संकेत गर्छन्। तर, ‘विप्लव’ नेतृत्वको नेकपा र तराईमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउत शान्तिपूर्ण गतिविधिमा आएपछिको विस्फोटलाई फरक ढंगले विश्लेषण गर्नुपर्ने पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

Ncell 2
Ncell 2

‘सशस्त्र र पृथकतावादी गतिविधि छाड्ने घोषणा गरेका दुई समूहलाई प्रधानमन्त्रीले भर्खरै शान्तिपूर्ण गतिविधिमा ल्याउनुभो, तर गोइत समूहको उपाध्यक्षलाई भने सिडिओले स्वागत गरे’, ठकुरीले भने, ‘त्यसलगत्तै विस्फोट हुनुलाई हाम्रो हैसियत सिडिओले स्वागत गर्ने होइन भनेर मेसेज दिन खोजेको हुनसक्छ।’ गोइत समूहका उपाध्यक्ष रामविलाश यादवले आइतबार बिहान मात्र सिरहाका सिडिओसमक्ष आत्मसमर्पण गरेका थिए। 

विस्फोट गराएर दबाब दिने र प्रधानमन्त्रीको फेरो समाउँदै आफ्ना सम्पूर्ण कार्यकर्ताको मुद्दा फिर्ता लिने उद्देश्य हुन सक्ने ठकुरीको विश्लेषण छ।

तर यो किसिमको वार्ताबाट देशमा शान्ति नहुने दाबी ठकुरीको छ। प्रधानमन्त्रीले जस लिन ४ जना मान्छे राखेर शान्तिपूर्ण गतिविधिमा ल्याइयो भन्नु नै गलत रहेको बताउँदै उनले प्रश्न गरे, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाइयो, पछि सम्झौता गर्ने बेलामा सरकारका कुनै पनि विङ्ग्ससँग सल्लाह नै नगरी प्रतिबन्ध फुकुवा भयो। खोई सेक्युरेटी एजेन्सीको भूमिका? हिजो किन प्रतिबन्ध लगाइएको? अहिले किन फुकुवा?’ 

सार्वजनिक हुनु र विस्फोट संयोग मात्र?
आइतबार बिहान मात्र गोइत समूहका दोस्रो वरीयताका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए। बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै उनले गोइत समूह छाडेको घोषणा गरेका थिए। त्यसको केही घण्टामै मालपोत कार्यालयमा विस्फोट भयो। झोला बोकेका एक व्यक्ति लहानस्थित मालपोत कार्यालय प्रवेश गरेर कुर्सीमुनि झोला राखेर बाहिरिएपछि विस्फोट भएको थियो।

यादवले आत्मसमर्पण गर्नु र लगत्तै विस्फोट हुनु संयोग मात्रै हो वा अरु कुनै कारण छ त? यसबारे अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी स्रोत बताउँछ। यादवको आत्मसमर्पणप्रति असन्तुष्ट भएपछि विस्फोट गराएको पनि हुनसक्ने प्रहरीको विश्लेषण छ।

तराईको सुरक्षामा चुनौती दुई सशस्त्र समूहको 
सरकारले पटक–पटक गठन गरेका वार्ता टोलीसँग सशस्त्र गतिविधि गरिरहेका समूहले वार्ता गर्दै शान्तिपूर्ण गतिविधिमा आए पनि तराईमा सशस्त्र गतिविधि गर्दै आएका दुई समूहले भने अहिलेसम्म वार्ता अस्वीकार गर्दै आएका छन्। जयकृष्ण गोइत र नागेन्द्र पासवान (ज्वाला सिंह) नेतृत्वका दुई समूहले अहिलेसम्म वार्ता स्वीकारेका छैनन्। 

गोइत समूहका दोस्रो वरीयताका रामविलाश यादवको आत्मसमर्पणप्रति असन्तुष्ट भएपछि विस्फोट गराएको पनि हुनसक्ने प्रहरीको विश्लेषण छ।

यी दुई समूहले वार्ता अस्वीकार गरेर सशस्त्र गतिविधि जारी राखेकाले अबको चुनौती यी दुई समूह रहेको नेपाल प्रहरीको विशेष ब्यूरोका एक अधिकारी बताउँछन्। सशस्त्र गतिविधि गर्नु र त्यसको त्रासमा आर्थिक संकलन गर्नु नै यी समूहको मुख्य उद्देश्य रहेको प्रहरीको निष्कर्ष छ। २०६२/६३ सालको जनआन्दोलनपछि पूर्वी तराईका जिल्लामा विस्फोट गराउँदै यी समूह चर्चामा आएका थिए।

उनीहरुविरुद्ध सुरक्षा कारबाही तीब्र पारिएका बेला सीमापारि गएर सुरक्षित हुने र मौका पाउनसाथ नेपाल प्रवेश गरी हिंसात्मक गतिविधि गर्ने यी समूह लामो समयसम्म निष्कृय थिए। ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएसँगै फेरि यो समूहले आफ्नो उपस्थिति देखाउने संकेतस्वरुप सिरहामा विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। 

५ वर्षमा गोइत समूहद्वारा दर्जन ठाउँमा विस्फोट
गोइत समूहले पछिल्लो पाँच वर्षमा तराईका एक दर्जनभन्दा धेरै ठाउँमा बम विस्फोट गराएको तथ्यांक प्रहरीले संकलन गरेको छ। यसबीचमा यो समूहले सुरक्षाकर्मीको समेत हत्या गरेको छ। २०७२ पुस दोस्रो साता सप्तरीको झुट्की प्रहरी चौकीमा गोइत समूहका कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणमा चौकीका असई रमेश सुब्बाको मृत्यु भएको थियो। छाती र तिघ्रामा गोली लागेका असई सुब्बाको उपचारको क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको थियो। 

गोइत समूहले नै नेपाली कांग्रेसका सांसद सुरेन्द्र यादवको राजविराजस्थित घरमा सिलिन्डर बम विस्फोट गराएको थियो। त्यो घटनाको जिम्मा गोइत समूहले नै लिएको थियो। 

२०७५ साउन २७ गते विराटनगर महानगरपालिका कार्यालयमा पनि बम विस्फोट भयो। विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले २१ दिनपछि गोइत समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको थियो। २०७४ मंसिर २८ गते सिरहाको लहानस्थित लोकतन्त्र चोकमा समेत गोइत समूहले विस्फोट गराएको थियो। त्यहाँ साइकलको सिटमुनी फिट गरिएको सकेट बम विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२, बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४, पनसेराका ४४ वर्षीय धनराज चौधरी घाइते भएका थिए।

२०७३ मंसिर २३ गते सिरहाको मिर्चैयामा भएको प्रेसर कुकर बम विस्फोट र २०७३ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखिएको घटनाको जिम्मा पनि गोइत समूहले नै लिएको थियो। 

सशस्त्र द्वन्द्वका उपज 
जयकृष्ण गोइत तत्कालीन माआवादीमा पनि लागेका नेता हुन्। माओवादीले गरेको दशक लामो हिंसात्मक विद्रोहमा उनी माओवादीकै मधेशी मोर्चामा रहेर काम गरेका थिए। पछि गोइतलाई हटाएर मातृका यादवलाई मोर्चाको प्रमुख बनाइएपछि गोइतले विद्रोह गरेर ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ नामको संगठन खोलेका थिए। 

गोइत भने भारतको पटनामा बस्ने गरेको प्रहरी स्रोत बताउँछ। उनी अहिले पनि मोर्चाको अध्यक्ष छन् भने तत्कालीन माओवादीका केन्द्रीय सदस्य ‘ज्वाला सिंह’ भनिने नागेन्द्र पासवान मोर्चाको उपाध्यक्ष थिए। गोइतसँग असन्तुष्टि बढेपछि पासवानले भने अर्को समूह गठन गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएका थिए।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्