• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सिरहा विस्फोट : गोइतले दुई साताअघि नै दिएका थिए संकेत

64x64
नारायण अधिकारी मंगलबार, चैत ३, २०७७  ०८:११
1140x725

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अचानक शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहबाट भनेका थिए, ‘नेपालमा सशस्त्र गतिविधि गर्ने समूह निमिट्यान्न भयो।’

प्रधानमन्त्रीले यस्तो उद्घोष गरेको १५ दिन नबित्दै आइतबार सिरहामा बम विस्फोट भयो। सिरहा सदरमुकाम लहानस्थित मालपोत कार्यालयको दोस्रो तलामा सेवाग्राहीको भीडभाड रहेका बेला गराइएको प्रेसर कुकर बम विस्फोटमा ८ जना घाइते भए।

विस्फोटको जिम्मा जयकृष्ण गोइतले नेतृत्व गरेको ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)’ नामको संगठनले लिएको छ। विस्फोट स्थलमै उक्त मोर्चाको पर्चा भेटिएको थियो। सो पर्चामा उल्लेख थियो, ‘तराईमा भ्रष्टाचार व्याप्त रहेकाले त्यसको कारबाहीस्वरुप विस्फोट गराइएको।’

चैत १ गते बम विस्फोट भए पनि यसको संकेत भने गोइत समूहले दुई साता पहिले नै दिइसकेको खुलेको छ। आतंकवाद, अन्तरदेशीय अपराध र भूमिगत समूहका गतिविधिको सुक्ष्म निगरानी गर्ने नेपाल प्रहरीको विशेष ब्युरोका एक उच्च अधिकारीले बताएअनुसार गत फागुन १४ गते सिरहाकै एक सार्वजनिक चौरमा गोइत समूहले बम राखेको थियो। तर, त्यो बम विस्फोट हुन पाएन। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम निष्क्रिय तुल्याएको थियो। त्यो ठाउँमा पनि आइतबार मालपोत कार्यालयमा फेला परेजस्तै गोइत समूहको पर्चा भेटिएको थियो। 

गोइत सिरहाकै बासिन्दा हुन्। तर, करिब दुई दशकदेखि उनले भारतमा आश्रय लिएर तराईंका जिल्लामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेका छन्। उनको समूहले दुई साताअघि नै विस्फोटको संकेत गरेपनि सुरक्षा निकायले कुनै भेउ नपाउँदा मालपोत कार्यालयमै विस्फोट भएको हो। 

विस्फोट गराएर दबाब दिने र प्रधानमन्त्रीको फेरो समाउँदै आफ्ना सम्पूर्ण कार्यकर्ताको मुद्दा फिर्ता लिने उद्देश्य हुन सक्ने ठकुरीको विश्लेषण छ।

मुलुकको आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आ–आफ्नै जासूसी संयन्त्र छन्। दुई साता पहिले बमसहित पर्चा राख्दासमेत सुरक्षा निकायहरु गोइत समूहका गतिविधिबारे मिहिन रुपमा विश्लेषण गर्न चुके। परिणाम, मालपोत कार्यालयमा दिनदहाडै भएको विस्फोट र त्यसले निम्त्याएको रक्तपातपूर्ण दृष्यले त्रास र आतंक फैलाउने काम गर्‍यो।

आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्यूरो, सशस्त्र प्रहरी बलको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर परिचालित हुन्छन्। सिरहा मालपोतमा भएको बम विस्फोटको घटनाले यी चारवटै संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न उब्जाएको छ।
 
विस्फोट किन?
प्रदेश २ प्रहरी कार्यालयका प्रमुख, डिआइजी धीरज प्रताप सिंह विस्फोटको प्रमुख उदेश्य त्रास र आतंक फैलाएर चन्दा असुल्ने भएकोतर्फ संकेत गर्छन्। तर, ‘विप्लव’ नेतृत्वको नेकपा र तराईमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउत शान्तिपूर्ण गतिविधिमा आएपछिको विस्फोटलाई फरक ढंगले विश्लेषण गर्नुपर्ने पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘सशस्त्र र पृथकतावादी गतिविधि छाड्ने घोषणा गरेका दुई समूहलाई प्रधानमन्त्रीले भर्खरै शान्तिपूर्ण गतिविधिमा ल्याउनुभो, तर गोइत समूहको उपाध्यक्षलाई भने सिडिओले स्वागत गरे’, ठकुरीले भने, ‘त्यसलगत्तै विस्फोट हुनुलाई हाम्रो हैसियत सिडिओले स्वागत गर्ने होइन भनेर मेसेज दिन खोजेको हुनसक्छ।’ गोइत समूहका उपाध्यक्ष रामविलाश यादवले आइतबार बिहान मात्र सिरहाका सिडिओसमक्ष आत्मसमर्पण गरेका थिए। 

विस्फोट गराएर दबाब दिने र प्रधानमन्त्रीको फेरो समाउँदै आफ्ना सम्पूर्ण कार्यकर्ताको मुद्दा फिर्ता लिने उद्देश्य हुन सक्ने ठकुरीको विश्लेषण छ।

तर यो किसिमको वार्ताबाट देशमा शान्ति नहुने दाबी ठकुरीको छ। प्रधानमन्त्रीले जस लिन ४ जना मान्छे राखेर शान्तिपूर्ण गतिविधिमा ल्याइयो भन्नु नै गलत रहेको बताउँदै उनले प्रश्न गरे, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाइयो, पछि सम्झौता गर्ने बेलामा सरकारका कुनै पनि विङ्ग्ससँग सल्लाह नै नगरी प्रतिबन्ध फुकुवा भयो। खोई सेक्युरेटी एजेन्सीको भूमिका? हिजो किन प्रतिबन्ध लगाइएको? अहिले किन फुकुवा?’ 

सार्वजनिक हुनु र विस्फोट संयोग मात्र?
आइतबार बिहान मात्र गोइत समूहका दोस्रो वरीयताका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए। बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै उनले गोइत समूह छाडेको घोषणा गरेका थिए। त्यसको केही घण्टामै मालपोत कार्यालयमा विस्फोट भयो। झोला बोकेका एक व्यक्ति लहानस्थित मालपोत कार्यालय प्रवेश गरेर कुर्सीमुनि झोला राखेर बाहिरिएपछि विस्फोट भएको थियो।

यादवले आत्मसमर्पण गर्नु र लगत्तै विस्फोट हुनु संयोग मात्रै हो वा अरु कुनै कारण छ त? यसबारे अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी स्रोत बताउँछ। यादवको आत्मसमर्पणप्रति असन्तुष्ट भएपछि विस्फोट गराएको पनि हुनसक्ने प्रहरीको विश्लेषण छ।

तराईको सुरक्षामा चुनौती दुई सशस्त्र समूहको 
सरकारले पटक–पटक गठन गरेका वार्ता टोलीसँग सशस्त्र गतिविधि गरिरहेका समूहले वार्ता गर्दै शान्तिपूर्ण गतिविधिमा आए पनि तराईमा सशस्त्र गतिविधि गर्दै आएका दुई समूहले भने अहिलेसम्म वार्ता अस्वीकार गर्दै आएका छन्। जयकृष्ण गोइत र नागेन्द्र पासवान (ज्वाला सिंह) नेतृत्वका दुई समूहले अहिलेसम्म वार्ता स्वीकारेका छैनन्। 

गोइत समूहका दोस्रो वरीयताका रामविलाश यादवको आत्मसमर्पणप्रति असन्तुष्ट भएपछि विस्फोट गराएको पनि हुनसक्ने प्रहरीको विश्लेषण छ।

यी दुई समूहले वार्ता अस्वीकार गरेर सशस्त्र गतिविधि जारी राखेकाले अबको चुनौती यी दुई समूह रहेको नेपाल प्रहरीको विशेष ब्यूरोका एक अधिकारी बताउँछन्। सशस्त्र गतिविधि गर्नु र त्यसको त्रासमा आर्थिक संकलन गर्नु नै यी समूहको मुख्य उद्देश्य रहेको प्रहरीको निष्कर्ष छ। २०६२/६३ सालको जनआन्दोलनपछि पूर्वी तराईका जिल्लामा विस्फोट गराउँदै यी समूह चर्चामा आएका थिए।

उनीहरुविरुद्ध सुरक्षा कारबाही तीब्र पारिएका बेला सीमापारि गएर सुरक्षित हुने र मौका पाउनसाथ नेपाल प्रवेश गरी हिंसात्मक गतिविधि गर्ने यी समूह लामो समयसम्म निष्कृय थिए। ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएसँगै फेरि यो समूहले आफ्नो उपस्थिति देखाउने संकेतस्वरुप सिरहामा विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। 

५ वर्षमा गोइत समूहद्वारा दर्जन ठाउँमा विस्फोट
गोइत समूहले पछिल्लो पाँच वर्षमा तराईका एक दर्जनभन्दा धेरै ठाउँमा बम विस्फोट गराएको तथ्यांक प्रहरीले संकलन गरेको छ। यसबीचमा यो समूहले सुरक्षाकर्मीको समेत हत्या गरेको छ। २०७२ पुस दोस्रो साता सप्तरीको झुट्की प्रहरी चौकीमा गोइत समूहका कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणमा चौकीका असई रमेश सुब्बाको मृत्यु भएको थियो। छाती र तिघ्रामा गोली लागेका असई सुब्बाको उपचारको क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको थियो। 

गोइत समूहले नै नेपाली कांग्रेसका सांसद सुरेन्द्र यादवको राजविराजस्थित घरमा सिलिन्डर बम विस्फोट गराएको थियो। त्यो घटनाको जिम्मा गोइत समूहले नै लिएको थियो। 

२०७५ साउन २७ गते विराटनगर महानगरपालिका कार्यालयमा पनि बम विस्फोट भयो। विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले २१ दिनपछि गोइत समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको थियो। २०७४ मंसिर २८ गते सिरहाको लहानस्थित लोकतन्त्र चोकमा समेत गोइत समूहले विस्फोट गराएको थियो। त्यहाँ साइकलको सिटमुनी फिट गरिएको सकेट बम विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२, बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४, पनसेराका ४४ वर्षीय धनराज चौधरी घाइते भएका थिए।

२०७३ मंसिर २३ गते सिरहाको मिर्चैयामा भएको प्रेसर कुकर बम विस्फोट र २०७३ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखिएको घटनाको जिम्मा पनि गोइत समूहले नै लिएको थियो। 

सशस्त्र द्वन्द्वका उपज 
जयकृष्ण गोइत तत्कालीन माआवादीमा पनि लागेका नेता हुन्। माओवादीले गरेको दशक लामो हिंसात्मक विद्रोहमा उनी माओवादीकै मधेशी मोर्चामा रहेर काम गरेका थिए। पछि गोइतलाई हटाएर मातृका यादवलाई मोर्चाको प्रमुख बनाइएपछि गोइतले विद्रोह गरेर ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ नामको संगठन खोलेका थिए। 

गोइत भने भारतको पटनामा बस्ने गरेको प्रहरी स्रोत बताउँछ। उनी अहिले पनि मोर्चाको अध्यक्ष छन् भने तत्कालीन माओवादीका केन्द्रीय सदस्य ‘ज्वाला सिंह’ भनिने नागेन्द्र पासवान मोर्चाको उपाध्यक्ष थिए। गोइतसँग असन्तुष्टि बढेपछि पासवानले भने अर्को समूह गठन गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएका थिए।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम असुलेको बुझिएको... मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्