• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धुम्बाराहीमा ओली-नेपाल वार्ता : जुट्यो कसरी, टुट्यो कसरी?

64x64
डिबी खड्का सोमबार, चैत २, २०७७  २१:०९
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा दुई ध्रुव जस्तै बनेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद हुने सोमबारको खबर नै धेरैका लागि ‘सरप्राइज’ थियो। उनीहरुको संवाद्स्थलमा सञ्चारकर्मीको उपस्थिति परराष्ट्रमन्त्री तथा एमालेका सचिव प्रदीप ज्ञवालीका लागि समेत ‘सरप्राइज’ बन्यो। उनले त्यो उपस्थितिमाथि ठट्यौलो टिप्पणी गरे, ‘शान्तिवार्ता भएजस्तै महत्व दिएर उपस्थित हुनुभएको रहेछ!’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक रस्साकस्सीले झण्डै दुई वर्षदेखि अशान्त बनिरहेको नेपाली राजनीतिका लागि एमालेका दुई नेताको वार्ता ‘शान्तिवार्ता’ भन्दा कम थिएन। 

तर, वार्ता सफल भएन। आफैं मिल्न नसकेका एमालेका नेताहरु परिस्थितिले सिर्जना गरेको ‘मिलन’को समेत उपयोग गर्न चुकेका छन्। त्यसैले नेपाली राजनीतिको अशान्ति अझै लम्बिने देखिन्छ।

पुस ५ पछि फरक पार्टी बनाउन हिँडिरहेका एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई फागुन २३ गते सर्वोच्च अदालतले एउटै पार्टीमा पुर्‍याएको थियो। एमाले र माओवादी केन्द्रको एकतालाई अदालतले ‘गैरकानुनी’ करार गरेपछि नेता नेपाल ‘पार्टीभित्रै संघर्ष’ गर्ने भन्दै फर्किए तर ‘भित्रिन’ पाएनन्। 

फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गरेर एमालेको ढोका नेपाल पक्षका लागि खुला नरहेको सन्देश दिए। नेपाल पक्षले पनि ‘अपमान’ सहेर एमालेमै रहने भन्दा पार्टी ‘पुनर्गठन’ गरेर अघि बढ्ने नीति लियो। त्यसका लागि मैदान बनाउन चैत ४ र ५ गते देशभरका कार्यकर्ताको भेला काठमाडौंमा गर्ने घोषणा गर्‍यो। जुन ओलीको क्रिया बराबर नेपालको प्रतिक्रिया थियो।

वार्ताको वातावरण बनाउने त्यो फोन
आफ्ना कदमको अनपेक्षित प्रतिक्रियाले प्रधानमन्त्री ओलीलाई झस्कायो। त्यसको अघिल्लै दिन ओली पक्षले ‘चियापान’ले काउन्टर दिने नीति लिएको थियो। त्यहीअनुसार सवै केन्द्रीय सदस्यलाई निम्तो दिइयो। यही क्रममा नेपाल पक्षमा रहेका तर ‘आफ्नो पक्षमा रहिदिएको भए हुने’ भन्ने लागेको दोस्रो तहका नेतालाई ओली पक्षका तर्फबाट ‘निम्तो फोन’ गयो। 

त्यो फोन उपमहासचिव विष्णु पौडेलको थियो, फोन गरिने व्यक्ति थिए सुरेन्द्र पाण्डे। उनले नेपाल पक्षमा रहेका ती नेतासँग फोन संवाद गर्ने क्रममा भने, ‘निर्णयमा फरक मत भएपनि केही फरक पर्दैन, चियापानमा आउनुहोला।’ ती नेताले सुझाए, ‘हामी ओली कमरेडले गरेको चियापानमा आउन मिल्दैन। आउने वातावरण बनाउने उहाँले नै हो। प्रधानामन्त्री ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई घरमै पुगेर हुन्छ कि कसरी हुन्छ, मनाउनुपर्छ।’

त्यसपछि पौडेलले वरिष्ठ नेता नेपाल र खनाल दुवैलाई फोन गरे। खनालको उठेन। नेपालले चियापानलाई सोझै अस्वीकार गरिदिए। बेलुकीपख वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री ओलीको फोन आयो। फागुन २३ गते जन्मदिनको शुभकामना दिन ओलीले फोन गरेका थिए। त्यसपछि एकैपल्ट आइतबार बेलुकी उनको फोन आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालनिकट एक नेताका अनुसार ओली–नेपाल संवादको सारांश यस्तो थियोः

प्रधानमन्त्री ओलीः तपाईं पर्सीको चियापान कार्यक्रममा बालुवाटार आउनुपर्‍यो।

नेपाल : हामी चियापानमा सहभागी हुँदैनौं। तपाईंले गर्ने कुनै पनि गतिविधिमा हाम्रो सहमति छैन।

प्रधानमन्त्री ओलीः भोलि तपाईं र म छुट्टै भेटौं।

नेपाल : एक्ला–एक्लै हुँदैन। साथीहरु पनि राखेर कुरा गर्न केही समस्या छैन।

प्रधानमन्त्री ओली : साथीहरुसँगै राखेर पनि हुन्छ। बालुवाटारमा भेटौं । बालुवाटारबाट म  निस्किन्नँ।

नेपाल : बालुवाटारमा म आउँदिनँ, भेट्ने नै हो भने धुम्बाराहीमा भेटौं। त्यहीँ छलफल गरौं।

सुरुमा बालुवाटारबाट निस्किन नमानेका ओली नेपालको अड्डीपछि धुम्बाराहीमा भेट्न राजी भए र बैठक समय सोमबार बिहान ११ बजे तय भयो। 

मीठो सुरुआत, टर्रो अन्त्य
यो भेटमा नेपाल पक्षले प्रधानमन्त्री ओलीमा गल्तीको ‘रियलाइजेशन’को अपेक्षा गरेको थियो। त्यसैले बैठक सुरु हुनेवित्तिकै नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री ओलीसँग भने, ‘बोलाउनु भएको तपाईंले हो। सुरुमा तपाईंकै कुरा सुनौं। त्यसपछि हाम्रा कुरा राखौंला।’

प्रधानमन्त्री ओलीले बोल्ने क्रममा अदालतले फेरि एकै ठाउँमा ल्याएकाले मिलेर जानुको विकल्प नभएको बताएका थिए। बाम एकता पनि समयक्रममा अघि बढाउँदै लैजानुपर्ने बताउँदै नमिलेका बिषयमा मिलाएर नेकपा एमालेलाई सुदृढ बनाउन लाग्नुपर्ने उनले बताए। बैठकमा सहभागी एक नेताका अनुसार उनको भनाइ थियो, ‘अहिलेसम्म भएका तीतामीठा भुलेर नयाँ ढंगले अगाडि बढौं।’ 

प्रधानमन्त्री ओलीले नेपाल पक्षले बोलाएको चैत ४ र ५ गतेको भेला स्थगित गरेर थप संवादको वातावरण बनाउनुपर्ने कुरामा समेत जोड दिए।

आफ्ना कुरा मिलाएर भन्न सिपालु ओलीको सुरुआती प्रस्तुति नेता नेपालको प्रतिक्रिया जस्तै ‘गुलियो र मीठो’ थियो। त्यसपछि वरिष्ठ नेता नेपालले आफ्ना कुरा राखे। त्यसक्रममा उनले भने, ‘हामी अब २०७५ साल जेठ २ गतेको अवस्थामा पुगेका छौं। त्यहीँबाट सुरु गरौं। त्यसपछि नमिलेका विषयमा मिलाउँदै जान सकिन्छ।’ 

नेता नेपालले फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज हुनुपर्ने र त्यसलाई बैठकको गणनामा राख्न नहुने अडान राखेका थिए। नेपालका तर्फबाट बोल्ने नेताहरुले त्यसलाई अझ स्पष्ट पार्दै भने, ‘२०७५ जेठ २ अघि हामी पार्टीको नवौं केन्द्रीय समिति बैठक बसेका थियौं। अब आउने बैठकलाई दशौं बनाऔं। त्यो हामीलाई खबर नै नगरी बसिएको बैठक अवैधानिक हो।’

यहीबीचमा एमाले महासचिव ईश्वर पोखरेलले छोटो भनाइ राखे। उनको भनाइ थियो, ‘फागुन २८ गतेको बैठक त बैठक नै हो। बरु त्यहाँ रहेका असहमति अर्को केन्द्रीय कमिटी बैठकमा लैजाउँ।’ 

यसमा प्रधानमन्त्री ओलीको थप भनाइ थियो, ‘त्यसले गरेका निर्णय खारेज नै हुन सक्दैनन्।’

नेपाल पक्षका नेताहरुले एकीकरणदेखि आगामी बैठकसम्मको समयलाई ‘शून्य समय’ ठानेर अघि बढाउन जोड दिए। 

प्रधानमन्त्री ओलीले ठाडै इन्कार गरे। नेपाल पक्षबाट पनि चैत ४ र ५ गते बोलाइएको भेला नरोक्ने जवाफ आयो। माहोल वरिष्ठ नेता नेपालले दिएको प्रतिक्रिया जस्तै ‘टर्रो’ बन्यो।
फेरि वार्ता गर्ने वा नगर्ने, कहिले गर्ने जस्ता विषयमा समेत प्रवेश गर्न नपाइ बैठकको समापन भयो। 

बैठकबाट निस्किदै गर्दा प्रधानमन्त्री ओलीले ‘वार्ता सकारात्मक’ भएको बताए। तर, नेपाल पक्षका नेताहरुले त्यसको खण्डन गर्दै अपेक्षा अनुसार संवाद अघि नबढेको उल्लेख गरे। साथै वार्ताले आफू पक्षीय नेताकार्यकर्तामा भ्रम सिर्जना गर्न सक्ने ठानेर केन्द्रीय कमिटीका सदस्य र सांसदहरुको आकस्मिक भेला बोलाए। त्यहाँ मिल्ने सारसंकेत नदेखिएको स्पष्ट पार्दै भेलाको तयारीमा जुट्न आव्हान गरे।

यो पनि पढ्नुहोस्

एमाले शीर्ष नेताहरूको छलफल निष्कर्षविहीनसोमबार, चैत २, २०७७

संवादसँग जोडिएका ओलीका दुई रणनीति
एमालेमै फर्किने घोषणा गरेका नेता नेपाललाई पेलेर अघि बढ्ने नीति लिएका प्रधानमन्त्री ओली एकाएक संवादका लागि तयार हुनुमा नेपाल पक्षले दुई रणनीति देखेको छ। पहिलो, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एकलौटी निर्णयविरुद्ध ओर्लिएको नेपाल पक्षलाई रोक्नु। दोस्रो, आफूले पहल गर्दागर्दै नेपाल पक्ष विभाजनतर्फ लागेको एमाले कार्यकर्तामा सन्देश प्रवाह गर्नु।

प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढेपछि नेपाल पक्षले आगामी ४ र ५ गते देशभरिका कार्यकताको काठमाडौंमा भेला गर्ने तयारी गरेको छ। उक्त भेलालाई नेपाल पक्षले आगामी कार्यदिशा तय गर्ने रणनीतिक जमघट बनाउने तयारी गरेको छ। अध्यक्ष तथा प्रधानमन्त्री ओलीका कारण एमाले कहाँ पुग्यो ? भन्ने जानकारी तल्लो तहमा पुर्‍याउन यसलाई उपयोग गरिनेछ। 

ओलीसँग एकसाथ हिँड्न नसकिने मनस्थितिमा पुगेको यो पक्षको केन्द्रीय नेतृत्वले तल्लो तहका नेताहरुसँग ‘पार्टी पुनर्गठन’ गर्ने बेला आएको भन्दै विभाजनको अनुमति लिनेछ। यसले गर्दा भोलि अर्कै पार्टी निर्माण गर्दा पनि शिर्ष नेताहरुले आफूसँग नसोधेको भन्न पाउने छैनन्। एमाले माथिदेखि तलसम्मै दुई चिरा हुनेछ। 

प्रधानमन्त्री ओलीले नेपाल पक्षको यो रणनीति बुझेका छन्। त्यसैले उनी सकेसम्म यसलाई रोक्न चाहन्छन्। पालिका र जिल्ला तहमा नेपाल पक्षतिर रहेका कार्यकर्तालाई आफूतिर तान्न नपाइ कार्यकर्ता भेला पुगेर उता ‘क्लियर’ हुने यो परिस्थितिले पुर्‍याउने क्षति रोक्ने ओलीको यो उपाय थियो। त्यही ‘ब्रिफिङ’ उनीहरुले केन्द्रीय समिति र सांसदहरुमाझ गरेका छन्। 

1140x725

परिस्थिति आफूले नबिगारेको दर्शाउन अन्तिम समयमा सक्रिय हुने ओलीको पुरानै तरिका हो। यसअघि तत्कालीन नेकपा दुई टुक्रा हुने अघिल्लो दिन ओली सक्रिय भएका थिए। पुष्पकमल दाहाल प्रचण्डले अलग बाटो तय गरिसकेको थाहा पाएपछि ओली प्रचण्डलाई भेट्न खुमलटारस्थित निजी निवासमै पुगेका थिए। ओली पक्षीय कार्यकर्ताले अहिले पनि त्यसैलाई लिएर प्रचार गर्ने गर्छन्, ‘प्रधानमन्त्रीज्यूले पार्टीलाई एकढिक्का राख्न अधिकतम प्रयास गर्नुभयो। आफैं प्रचण्डहरुको दैलो चहार्नुभयो।’

यतिबेला पनि नेपाल पक्ष ओलीसँग बस्न नसकिने निक्र्योलका साथ अघि बढेको छ। आफूले रोक्न खोजेको सन्देश आम कार्यकर्तालाई दिन प्रधानमन्त्री ओलीले संवाद गरेको बुझाइ नेपाल पक्षको छ। आफूले गरेका निर्णयमा कुनै सम्झौता हुन नसक्ने प्रधानमन्त्री ओलीको अडानले त्यही पुष्टि गर्छ। 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्