काठमाडौं- नेकपा (एमाले)का शीर्ष नेताहरूबीच सोमबार भएको छलफलबाट कुनै निष्कर्षमा पुग्न नसकिएको एमाले नेता भीम रावलले बताएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूहरूले फागुन २८ गते ओली पक्षले गरेको निर्णय नमान्ने अडान राखेको बताए। तर, त्यसमा ओलीले कुनै जवाफ नदिएको उनको भनाइ छ।
‘आजको बैठकमा पार्टीलाई कसरी एकताबद्ध लैजाने भनेर छलफल भयो। आ–आफ्नो धारणा राख्यौं’, रावलले भने, ‘पार्टी अध्यक्षबाट यस बीचमा जुन काम कारबाही भयो, २८ गते गरिएको निर्णय पनि प्रभाव शून्य हुन्छ भन्ने कुरा हामीले राख्यौं। उहाँहरुबाट स्वीकार भएन।’
एमाले तीन वर्षअघिको अवस्थामा फर्किएपछि त्यहीँबाट अघि बढ्नुपर्छ भन्ने अडान आफूहरूले राखेको रावलले बताए। दुवै पक्षकी अब फेरि कहिले छलफल, संवाद गर्ने भन्ने निर्क्योल समेत नभएको रावलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।