• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

नेपालकी पहिलो अभिनेतृ भुवन चन्दको फिल्मी अनुभूति

64x64
पुष्पा थपलिया मंगलबार, चैत ३, २०७७  ०६:१८
1140x725

काठमाडौं- नेपालमा छयाङ्‍कन गरिएको नेपाली चलचित्रकी पहिलो नायिका हुन् भुवन थापा चन्द। उनी नेपालकी पहिलो अभिनेतृको रूपमा पनि परिचित छिन्। उनले ‘आमा’ चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी थिइन्।

भुवनको रूचि सानै उमेरदेखि नै अभिनयमा थियो। पहिलोपटक अभिनयका लागि स्टेजमा उत्रिँदा उनी चार वर्षकी मात्रै थिइन्। त्यतिबेला उनले बालकृष्ण समको नाटक ‘अन्ध बेग’ मा अभिनय गरेकी थिइन्। त्यहीबाट सुरू भयो भुवनको अभिनय यात्रा। 

उक्त नाटक सम आफैंले निर्देशन गरेका थिए। अभिनय यात्राको सुरूआती दिन सम्झँदै उनले भनिन्, ‘मैले स्टेज चढेर अभिनय थालेको वि.सं. २०१० देखि हो।’

त्यसयता भुवनको अभिनय यात्रा निरन्तर रह्यो। विभिन्‍न चरित्रमा अभिनय गर्दै उनले यस क्षेत्रमा ६ दशक बिताइसकेकी छन्।

परिवारको चाहना गायिका, तर बनिन् नायिका

भुवनका बाबु उस्ताद थिए। त्यसैले उनी गीत गाउँथिन्। तीन दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेकी उनलाई घरपरिवारबाट अभिनयमा लाग्न खासै सहयोग थिएन। परिवारका सदस्य भुवन पनि गायिका नै बनुन् भन्‍ने सोच्थे। तर, स्टेज चढिसकेपछि उनलाई गायनमाभन्दा अभिनयमै रस बस्यो।

स्टेजमा अभिनय गर्दागर्दै उनी राष्ट्रिय नाचघरको जागिरे भइन्। ‘त्यो बेलामा हामीलाई नाचघरले महिनाको १५० रूपैयाँ तलव दिन्थ्यो। हामी हरेक ठाउँमा स्टेज कार्यक्रम गर्दै हिँड्थ्यौं,’ भुवनले सुनाइन्।

त्यही समय तत्कालीन राजा महेन्द्र शाहले चलचित्र बनाउन रूचि देखाए। चलचित्र निर्माण गर्नकै लागि महेन्द्रले भारतीय चलचित्र निर्देशक हिरासिंह खत्रीलाई नेपालमा झिकाए। हिरासिंह केही प्राविधिकलाई साथमा लिएर नेपाल आए, फिल्म खिच्न।

नेपाल त आए, तर अभिनय गर्ने कलाकार खोज्नु उनका लागि चुनौतीको विषय थियो। त्यो क्षण सम्झँदै भुवनले भनिन्, ‘गोरखापत्रमा फिल्म खेल्नका लागि सूचना निकालेको थियो रे! तर कोही मान्छे गएनन्। अन्त्यमा नाचघरका कलाकार सबैले अनिवार्य अन्तर्वार्ता दिनुपर्ने भन्‍ने उर्दी जारी भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यही उर्दीको पालना गर्दै भुवन, चैत्यदेवी, बसुन्धरा भुसाललगायत नाचघरमा कार्यरत कलाकारहरू अन्तर्वार्ता दिन पुगे। त्यो समयमा अहिलेजस्तो फिल्मका लागि अडिसन दिने, कास्टिङ कल गर्ने जस्ता शब्द प्रयोगमा आइसकेका थिएनन्। भुवनले भनिन्, ‘फिल्म खेल्नका लागि अन्तर्वार्ता दिने भनिन्थ्यो।’

अन्ततः अन्तर्वार्ताबाट चलचित्रका लागि भुवन छानिइन्। उनीसँगै नाचघरबाट अन्तर्वार्ता दिन पुगेका सबैले सानातिना भूमिका पाए। अन्तर्वार्ता दिन गएकाहरू कोही पनि असफल भएर निस्केनन्।

‘आमा’ चलचित्रमा अभिनय गर्दा उनी भर्खर १४ वर्ष मात्रै पुगेकी थिइन्। स्टेजमा नाटक गरिरहेकी भुवनले ‘आमा’ चलचित्रमा गरेको अभिनयलाई सबैले मन पराए। त्यो समयमा राजारानीलाई लक्षित गरेर चलचित्र बनाइन्थ्यो। त्यसैले उनको अभिनयलाई राजा महेन्द्रले निकै राम्रो माने। ‘आमा’ रञ्‍जना हलमा लागेको थियो।

चलचित्रमा खेलेबापत राजाको बक्सिस र स्याब्बासी पाइन् भुवनले। तर, अहिलेजस्तो पैसा भने पाइनन्। उनको पैसा नाचघरले दिने तलवमै सीमित रह्यो।

अहिलेको अवस्थाबारे भुवनले भनिन्, ‘त्यतिबेला त फिल्म खेल्न पाउनु नै भाग्यको कुरा थियो, तर अहिले व्यावसायिक बनेको छ। लाखौं रूपैयाँ पारिश्रमिक माग गर्न सक्ने कलाकार जन्मिसकेका छन्। यो खुसीको कुरा हो।’

त्यो समयमा नायिकालाई हेर्ने समाजको दृष्टिकोण राम्रो थिएन। मानिसहरू नायिकाले नौटंकी गरेर पैसा कमाएको, अरूलाई मनोरञ्‍जन दिलाएर कमाएको पैसाले परिवार पालेको जस्ता कुरा गर्दै नाक खुम्च्याउँथे। तर, ती सबै कुरासँग भुवन लडिन्। त्यही संघर्ष र लडाइँले नै आफूलाई अहिलेको अवस्थामा पुर्‍याएको उनी बताउँछिन्।

त्यही समयमा भुवनले प्रेम विवाह गरेकी थिइन्। रेडियो नेपालमा अंग्रेजी समाचार पढ्ने माइकल चन्दसँग उनले प्रेम विवाह गरेकी हुन्।

नयाँ पुस्ताले बिर्सिए

यति धेरै दुःख र संघर्ष गरेको चलचित्र क्षेत्रले अहिले उनलाई खासै चिन्दैन। न त नयाँ आउने पुस्ताले सम्मान नै गर्छ। भुवन भन्छिन्, ‘म भारतमा जस्तो मेरो खुट्टा ढोग भन्दिनँ, तर हामी बोलिरहेको बेला कुरा सुनिदेऊ मात्रै भन्छु।’

नयाँ पुस्ताले बिर्संदा नरमाइलो लाग्ने गरेको उनले सुनाइन्। आजभोलि बन्‍ने चलचित्रसँग पनि उनी खासै सन्तुष्ट छैनन्। त्यसबेला मुखको अभिनय आँखाबाट हुन्थ्यो। चलचित्रमा कथा, संवाद र अवस्थाको संयोजन हुन्थ्यो। तर, अहिलेका चलचित्रमा यी कुराको कमी रहेको उनी औंल्याउँछिन्। चलचित्रमा कथा नै नभएपछि अभिनय गर्न नसकिने भुवनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्