• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

भारतीय नागरिक बनेर डाक्टर भएका १२ नेपाली सिआइबीको अनुसन्धानमा

एक दशकदेखि काउन्सिल मूकदर्शक
64x64
नारायण अधिकारी सोमबार, चैत २, २०७७  १८:५५
1140x725

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रमा विभिन्न विकृति देखापर्ने घटना नयाँ होइनन्। अर्काको नामको दर्ता नम्बर प्रयोग गरेर डाक्टरी पेसा गर्नेदेखि नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरी डाक्टर बनेका घटना पटक-पटक सार्वजनिक हुँदै आएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चिकित्सा क्षेत्रमा भएको विकृतिविरुद्ध केही समयअघि अपरेसन ‘क्वाक’ सञ्चालन गरेर ठूलो संख्यामा डाक्टरलाई पक्राउ गरेको थियो। त्यसबेला ठूलो संख्यामा डाक्टर पक्राउ परेपनि उनीहरु विरुद्धको कारबाही भने प्रभावकारी ढंगमा अघि बढ्न सकेको थिएन। केही डाक्टरको लाइसेन्स खारेज भएको थियो भने धेरैजसो चाहिँ अभियोग प्रमाणित नभएपछि पुनः सेवामा फर्किएका थिए।

यस्तै प्रकृतिको घटना चिकित्सा क्षेत्रमा फेरि देखिएको छ। नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाणसमेत फेला परेको छ। नेपाली नागरिकलाई भारतीय बनाएर चिकित्सा शिक्षा अध्ययन गराउने र लाइसेन्स दिनेसम्मको यो काममा मेडिकल कलेजदेखि मेडिकल काउन्सिलसम्मको भूमिका शंकास्पद देखिएको छ।

नेपाली नागरिक भए पनि भारतीय बनेर नेपालमा अध्ययन गर्ने र फेरि नेपाली डाक्टर बनेर मेडिकल काउन्सिलमा दर्ता भई प्रमाणपत्र लिएर काम गर्ने १२ जना डाक्टर अहिले अनुसन्धानको दायरामा छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा ‘फेल’ हुने क्रम बढेपछि विदेशी बनेर अध्ययन गर्ने विकृति बढेको थियो।

भारतीय नागरिक बनेर डाक्टर पढ्ने नेपाली
सन् २०१७ भन्दा अघि नेपालका मेडिकल कलेजमा एमबिबिएस/बिडिएसलगायत अध्ययन गर्न विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था थिएन। उक्त व्यवस्थाको दुरुपयोग गर्दै २०६४ सालदेखि भारतीय नागरिक बनेर बिना प्रवेश परीक्षा नेपालमा अध्ययन पूरा गरेकहरुले लाइसेन्स समेत लिएर काम गरिरहेको पाइएको छ। यसरी विदेशी नागरिक बनेर अध्ययन गर्ने र लाइसेन्स लिएर काम गर्ने १२ नेपाली डाक्टर अहिले अनुसन्धानको दायरामा तानिएका छन्।

वीरगञ्जको एमबी केडिया डेन्टल कलेजमा अध्ययन गर्न भारतीय बनेका १२ जना अहिले छानबिनको दायरामा छन्। तिनैमध्ये हुन्, धनुषाको जनकपुरधाम नगरपालिका–४ की डा प्रेक्षा साह। साह नेपाली नागरिक भए पनि भारतीय बनेर एमबी केडियामा भर्ना भएकी थिइन्। अध्ययन पूरा गरेपछि भने उनले आफू नेपाली नागरिक भएको भन्दै नेपाली नागरिकको परिचयपत्र पेस गरेर लाइसेन्स लिइन्।

नेपाल मेडिकल काउन्सिलले दिएको उनको लाइसेन्स नम्बर हो, १३०४१। उनी नेपाली कांग्रेसका नेता प्रेमकिशोर साहकी छोरी हुन्। साह २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए। छोरीले डाक्टर पढ्नलाई प्रवेश परीक्षा पास गर्न नसक्ने भएपछि साहले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर छोरीलाई भारतीय बनाई अध्ययन गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ।

डाक्टर अध्ययन गर्ने बेला पेस भएको कागजातमा प्रेक्षाको ठेगाना मोतिहारी, भारत उल्लेख छ। उनले मेकिडल काउन्सिलबाट लाइसेन्स लिने बेला पेस गरेको कागजातमा भने धनुषा  जनकपुरधाम नगरपालिका–४ उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

एक दशक अघि एमबी केडियाबाटै बिडिएस अध्ययन गरेका पर्साको वीरगञ्ज उपमहानगरपालिका–१३ का शशिकान्त चौधरी अर्का उदाहरण हुन्। प्रवेश परीक्षा पास नहुने भएपछि २०६४ सालमा चोरबाटो प्रयोग गर्दै भारतीय बनेर चौधरीले अध्ययन गरेको पाइएको छ। प्रवेश परीक्षा छल्न उनी भारतीयको धर्मपुत्र बनेका थिए।

राजस्थानको फत्तेपुरकी वनारसी देवीको धर्मपुत्र बनेर उनी केडियामा भर्ना भएका थिए। पछि लाइसेन्स लिने बेला भने उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकता पेस गरेका थिए। चौधरीको काउन्सिलमा दर्ता भएको लाइसेन्स नम्बर १३४६३ हो।

अध्ययन गर्ने बेला भारतीय र लाइसेन्स लिने बेला नेपाली बन्ने अर्का व्यक्ति हुन् पुष्करकुमार तिवारी। तिवारीको काउन्सिल दर्ता नम्बर १५४३१ हो। मेडिकल काउन्सिलका अनुसार उनले अध्ययन गर्ने बेला एमबी केडिया डेन्टल कलेजमा भारतको बसन्तपुर थाना क्षेत्रका कमलदेव मिश्रको ‘भोटर कार्ड’ पेस गरेका थिए। पछि लाइसेन्स लिने बेला भने जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्जबाट जारी गरिएको नागरिकता पेस गरेको पाइएको छ।

यही तरिका अपनाएर अध्ययन गरेका थप ९ जनामाथि अनुसन्धान भइरहेको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले नेपाल लाइभलाई बताए। महोत्तरीको साविक लोहारपट्टी गाविस–३ का डा रोशनकुमार साह (मेडिकल काउन्सिल दर्ता नम्बर १३२३४), बाराको साविक तेलकुवा गाविस–८ की डा प्रतिमाकुमारी यादव (मेडिकल काउन्सिल दर्ता नम्बर १४८७५), पर्साको साविक अलौ गाविस–१ का डा धनंजयकुमार माली (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९४), उदयपुरको त्रियुगा नगरपालिका–१ का डा रजनिश खड्का (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६) माथि अनुसन्धान भइरहेको छ।

यस्तै, रौतहटको साविक सठिया गाविस–६ की डा विनिता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९७), महोत्तरीको साविक भरतपुर गाविस–९ का डा सिताराम सिंह कुशवाहा (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६१), महोत्तरीको साविक इटहर्वा गाविस–६ की डा कविता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६२), सिरहाको साविक वरियापट्टी गाविस–५ का डा दीपककुमार शर्मा (दर्ता नम्बर १५५६३), रौतहटको साविक ब्रम्हपुरी गाविस–२ का डा अजयकुमार अस्थाना (मेडिकल काउन्सिल दर्ता नम्बर १७९९५) माथि अहिले अनुसन्धान भइरहेको छ। उनीहरु सबैले अध्ययन गर्ने बेला भारतीय भएको र पछि लाइेसन्स लिने बेला नेपाली नागरिकता पेस गर्दै लाइसेन्स लिएको पाइएको छ।

एक दशकदेखि किन मूकदर्शक बन्यो काउन्सिल? 
चिकित्सा शिक्षामा एक दशकभन्दा पहिलादेखि नै यो किसिमको विकृति भएको पाइए पनि मेडिकल काउन्सिल भने अहिलेसम्म मूकदर्शक बसेको पाइएको छ। २०६४ सालमै नेपाली विद्यार्थी भारतीय बनेर नेपालमा अध्ययन गर्ने गरेको खुलेको थियो। तर, अहिलेसम्म पनि काउन्सिलले कारबाहीका लागि कुनै तदारुकता देखाएको छैन। 

२०६० सालमै नेपाली नागरिकता लिएका वीरगञ्जका शशिकान्त चौधरीले २०६४ सालमा बिडिएस अध्ययनको प्रवेश परीक्षा छल्न आफू भारतीय भएको भन्दै भारतीय परिचय–पत्र पेस गरेर अध्ययन गरेका थिए। १३ वर्ष अघिदेखि नै अवैध तरिकाले अध्ययन गरेर काम समेत गर्दै आएको पाइए पनि कारबाहीका लागि भने मेडिकल काउन्सिलले तदारुकता देखाएन।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारी

एक वर्षअघि, २०७६ फागुन २७ गते मात्र मेडिकल काउन्सिसले भारतीय बनेर अध्ययन गरेका १२ डाक्टरलाई पत्र पठाउँदै सक्कल कागजातसहित उपस्थित हुन भनेको थियो। तर, एक वर्ष बितिसक्दा समेत यो ‘छानबिन प्रक्रिया’मै छ। काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले भने कारबाही प्रक्रिया अघि बढेको दाबी गरे। ‘हामीले स्पष्टीकरण सोधिसकेका छौं। अब कारबाही हुन्छ’, अधिकारीले नेपाल लाइभसँग भने।

के कसुरमा कारबाही गर्ने भन्नेबारे प्रष्ट कानुनी व्यवस्था नभएकाले कारबाही गर्न ढिलो भएको उनको दाबी छ। अध्ययन गर्ने बेलामा भारतीय बनेका विद्यार्थीलाई नेपाली भनेर लाइसेन्स दिइएपछि काउन्सिलकै भूमिकामाथि समेत प्रश्न उठेको छ। उनीहरुले अध्ययन गरेका कलेजसँग भर्ना भएका बेला पेस गरेका कागजात माग्दा मात्रै पनि नेपालीको आधारमा उनीहरुले लाइसेन्स लिने बाटो बन्द हुन सक्थ्यो। काउन्सिलले यति पनि नगरी लाइसेन्स वितरण गरेको देखिन्छ। 

सिआइबीले समेत अनुसन्धान अघि बढाउँदै
काउन्सिलले एक दशकसम्म पनि कारबाही नगरेपछि यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि चासो देखाएको छ।

काउन्सिलले कारबाही प्रक्रिया अघि नबढाएपछि सिआइबीले अनुसन्धानका लागि यसअघि काउन्सिलसँग १२ डाक्टरको फाइल माग गर्दा पाएको थिएन। तर, अहिले भने काउन्सिलकै समन्वयमा सिआइबीले समेत अनुसन्धान अगाडि बढाएको सिआइबीका निर्देशक, डिआइजी सहकुलबहादुर थापा बताउँछन्।

सिआइबीका निर्देशक, डिआइजी सहकुलबहादुर थापा

‘नेपाली नागरिकले अध्ययन गर्नकै लागि भारतीय भएको परिचय पेस गरेर अध्ययन गर्नु र पछि नेपाली भएको दाबी गर्दै लाइसेन्स लिनु गम्भीर अपराध भएकाले हामीले पनि चासो राखेका छौं’, डिआइजी थापाले नेपाल लाइभसँग भने, ‘काउन्सिल बोर्ड मिटिङमा समेत यो विषयमा छलफल भएर दुवै संस्थाको समन्वयमा काम अगाडि बढाउने कुरा भएको जानकारी पाएका छौं।'

सिआइबी स्रोतका अनुसार यो विषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको र किर्तेमा मुद्दा चलाउन सक्ने गरी प्रमाण जुटाउने काम भइरहेको छ। गत पुस १० गते पुनः सूचना जारी गर्दै काउन्सिलले उनीहरुलाई ३० दिनभित्र सम्पूर्ण सक्कल शैक्षिक प्रमाणपत्र, नागरिकता, काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्रलगायत लिएर उपस्थित हुन भनेको थियो। उनीहरु उपस्थित भए पनि अहिलेसम्म कारबाहीको प्रक्रिया भने अघि बढ्न सकेको छैन।

विकृति बढेपछि कडाइ
पैसा तिर्न सक्ने तर प्रवेश परीक्षा पास गर्न नसक्ने नेपाली विद्यार्थीलाई विदेशी बनाएर बिना प्रवेश परीक्षा एमबिबिएस तथा बिडिएसमा मेडिकल कलेजले भर्ना गर्ने विकृती बढ्दो क्रममा थियो। डाक्टर पढ्नका लागि विदेशी विद्यार्थीले ठूलो रकम कलेजलाई तिर्नुपर्ने भएपछि नेपालका मेडिकल कलेजले ‘सेटिङ’मा फर्जी काजगात बनाएर नेपाली विद्यार्थीलाई विदेशी बनाउँदै भर्ना गर्दै रकम असुल्ने विकृति बढेको थियो। 

अहिले छानबिनमा तानिएका १२ डाक्टर त्यही विकृतिका दृष्टान्त हुन्। नेपालीलाई भारतीय बनाएर भर्ना गर्दा जेहेन्दार नेपाली विद्यार्थी भने अध्ययनबाट बन्चित हुने गरेका थिए। मेडिकल कलेजहरुले एक शैक्षिक सत्रमा नेपाली र विदेशी विद्यार्थीका लागि भनेर निश्चित कोटा छुट्याउनु पर्ने हुन्छ। विदेशी विद्यार्थी भर्ना नभएको समयमा ती कोटामा नेपाली विद्यार्थीले नै अध्ययन गर्न पाउँछन्। तर, मेडिकल कलेजहरुले नेपाली विद्यार्थीलाई भारतीय बनाएर बिना प्रवेश परीक्षा भर्ना गर्दा जेहन्दार नेपाली विद्यार्थीसमेत डाक्टर पढ्नबाट बञ्चित हुँदै आएका थिए। 

 एमबिबिएस/बिडिएस कार्यक्रम मापदण्ड २०१७

यस्तो विकृति बढेपछि डा धर्मकान्त बाँस्कोटा काउन्सिलको अध्यक्ष बनेपछि यसबारे मापदण्ड बनाउन सुरु गरियो। काउन्सिलले एमबिबिएस/बिडिएस कार्यक्रमको मापदण्ड २०१७ लागू गर्‍यो, जहाँ नेपाली र विदेशी विद्यार्थी भर्ना प्रक्रियाबारे प्रष्ट उल्लेख छ। नेपाली विद्यार्थीहरूले एमबिबिएस पढ्न प्रवेश परीक्षा अनिवार्य पास गर्नु पर्छ।

एमबिबिएस पढ्न चाहने विदेशी विद्यार्थीहरुले पनि सम्बन्धित विश्वविद्यालय, एकेडेमी र संस्थाबाट मेडिकल इन्ट्रान्स इक्जाम (एमईई) पास गर्नुपर्छ। त्यसैगरी, नेपालको विश्वविद्यालयमा चाहिने आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्छ। सोही अनुसार सम्बन्धित स्थानबाट प्राप्त मान्य कागजात पनि प्रस्तुत गर्नुपर्छ। 

नेपालको विश्वविद्यालय वा प्रतिष्ठानको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने वा सम्बन्धित देशको मेडिकल प्रवेश परीक्षा पास भएको हुनुपर्ने व्यवस्था अहिले लागू भएको छ। यो व्यवस्था लागू गरिएपछि नेपाली विद्यार्थीलाई विदेशी बनाएर भर्ना गर्ने विकृति भने अन्त्य भएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्