• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

भारतीय नागरिक बनेर डाक्टर भएका १२ नेपाली सिआइबीको अनुसन्धानमा

एक दशकदेखि काउन्सिल मूकदर्शक
64x64
नारायण अधिकारी सोमबार, चैत २, २०७७  १८:५५
1140x725

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रमा विभिन्न विकृति देखापर्ने घटना नयाँ होइनन्। अर्काको नामको दर्ता नम्बर प्रयोग गरेर डाक्टरी पेसा गर्नेदेखि नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरी डाक्टर बनेका घटना पटक-पटक सार्वजनिक हुँदै आएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चिकित्सा क्षेत्रमा भएको विकृतिविरुद्ध केही समयअघि अपरेसन ‘क्वाक’ सञ्चालन गरेर ठूलो संख्यामा डाक्टरलाई पक्राउ गरेको थियो। त्यसबेला ठूलो संख्यामा डाक्टर पक्राउ परेपनि उनीहरु विरुद्धको कारबाही भने प्रभावकारी ढंगमा अघि बढ्न सकेको थिएन। केही डाक्टरको लाइसेन्स खारेज भएको थियो भने धेरैजसो चाहिँ अभियोग प्रमाणित नभएपछि पुनः सेवामा फर्किएका थिए।

यस्तै प्रकृतिको घटना चिकित्सा क्षेत्रमा फेरि देखिएको छ। नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाणसमेत फेला परेको छ। नेपाली नागरिकलाई भारतीय बनाएर चिकित्सा शिक्षा अध्ययन गराउने र लाइसेन्स दिनेसम्मको यो काममा मेडिकल कलेजदेखि मेडिकल काउन्सिलसम्मको भूमिका शंकास्पद देखिएको छ।

नेपाली नागरिक भए पनि भारतीय बनेर नेपालमा अध्ययन गर्ने र फेरि नेपाली डाक्टर बनेर मेडिकल काउन्सिलमा दर्ता भई प्रमाणपत्र लिएर काम गर्ने १२ जना डाक्टर अहिले अनुसन्धानको दायरामा छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा ‘फेल’ हुने क्रम बढेपछि विदेशी बनेर अध्ययन गर्ने विकृति बढेको थियो।

भारतीय नागरिक बनेर डाक्टर पढ्ने नेपाली
सन् २०१७ भन्दा अघि नेपालका मेडिकल कलेजमा एमबिबिएस/बिडिएसलगायत अध्ययन गर्न विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था थिएन। उक्त व्यवस्थाको दुरुपयोग गर्दै २०६४ सालदेखि भारतीय नागरिक बनेर बिना प्रवेश परीक्षा नेपालमा अध्ययन पूरा गरेकहरुले लाइसेन्स समेत लिएर काम गरिरहेको पाइएको छ। यसरी विदेशी नागरिक बनेर अध्ययन गर्ने र लाइसेन्स लिएर काम गर्ने १२ नेपाली डाक्टर अहिले अनुसन्धानको दायरामा तानिएका छन्।

वीरगञ्जको एमबी केडिया डेन्टल कलेजमा अध्ययन गर्न भारतीय बनेका १२ जना अहिले छानबिनको दायरामा छन्। तिनैमध्ये हुन्, धनुषाको जनकपुरधाम नगरपालिका–४ की डा प्रेक्षा साह। साह नेपाली नागरिक भए पनि भारतीय बनेर एमबी केडियामा भर्ना भएकी थिइन्। अध्ययन पूरा गरेपछि भने उनले आफू नेपाली नागरिक भएको भन्दै नेपाली नागरिकको परिचयपत्र पेस गरेर लाइसेन्स लिइन्।

नेपाल मेडिकल काउन्सिलले दिएको उनको लाइसेन्स नम्बर हो, १३०४१। उनी नेपाली कांग्रेसका नेता प्रेमकिशोर साहकी छोरी हुन्। साह २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए। छोरीले डाक्टर पढ्नलाई प्रवेश परीक्षा पास गर्न नसक्ने भएपछि साहले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर छोरीलाई भारतीय बनाई अध्ययन गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ।

डाक्टर अध्ययन गर्ने बेला पेस भएको कागजातमा प्रेक्षाको ठेगाना मोतिहारी, भारत उल्लेख छ। उनले मेकिडल काउन्सिलबाट लाइसेन्स लिने बेला पेस गरेको कागजातमा भने धनुषा  जनकपुरधाम नगरपालिका–४ उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

एक दशक अघि एमबी केडियाबाटै बिडिएस अध्ययन गरेका पर्साको वीरगञ्ज उपमहानगरपालिका–१३ का शशिकान्त चौधरी अर्का उदाहरण हुन्। प्रवेश परीक्षा पास नहुने भएपछि २०६४ सालमा चोरबाटो प्रयोग गर्दै भारतीय बनेर चौधरीले अध्ययन गरेको पाइएको छ। प्रवेश परीक्षा छल्न उनी भारतीयको धर्मपुत्र बनेका थिए।

राजस्थानको फत्तेपुरकी वनारसी देवीको धर्मपुत्र बनेर उनी केडियामा भर्ना भएका थिए। पछि लाइसेन्स लिने बेला भने उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकता पेस गरेका थिए। चौधरीको काउन्सिलमा दर्ता भएको लाइसेन्स नम्बर १३४६३ हो।

अध्ययन गर्ने बेला भारतीय र लाइसेन्स लिने बेला नेपाली बन्ने अर्का व्यक्ति हुन् पुष्करकुमार तिवारी। तिवारीको काउन्सिल दर्ता नम्बर १५४३१ हो। मेडिकल काउन्सिलका अनुसार उनले अध्ययन गर्ने बेला एमबी केडिया डेन्टल कलेजमा भारतको बसन्तपुर थाना क्षेत्रका कमलदेव मिश्रको ‘भोटर कार्ड’ पेस गरेका थिए। पछि लाइसेन्स लिने बेला भने जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्जबाट जारी गरिएको नागरिकता पेस गरेको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यही तरिका अपनाएर अध्ययन गरेका थप ९ जनामाथि अनुसन्धान भइरहेको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले नेपाल लाइभलाई बताए। महोत्तरीको साविक लोहारपट्टी गाविस–३ का डा रोशनकुमार साह (मेडिकल काउन्सिल दर्ता नम्बर १३२३४), बाराको साविक तेलकुवा गाविस–८ की डा प्रतिमाकुमारी यादव (मेडिकल काउन्सिल दर्ता नम्बर १४८७५), पर्साको साविक अलौ गाविस–१ का डा धनंजयकुमार माली (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९४), उदयपुरको त्रियुगा नगरपालिका–१ का डा रजनिश खड्का (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६) माथि अनुसन्धान भइरहेको छ।

यस्तै, रौतहटको साविक सठिया गाविस–६ की डा विनिता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९७), महोत्तरीको साविक भरतपुर गाविस–९ का डा सिताराम सिंह कुशवाहा (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६१), महोत्तरीको साविक इटहर्वा गाविस–६ की डा कविता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६२), सिरहाको साविक वरियापट्टी गाविस–५ का डा दीपककुमार शर्मा (दर्ता नम्बर १५५६३), रौतहटको साविक ब्रम्हपुरी गाविस–२ का डा अजयकुमार अस्थाना (मेडिकल काउन्सिल दर्ता नम्बर १७९९५) माथि अहिले अनुसन्धान भइरहेको छ। उनीहरु सबैले अध्ययन गर्ने बेला भारतीय भएको र पछि लाइेसन्स लिने बेला नेपाली नागरिकता पेस गर्दै लाइसेन्स लिएको पाइएको छ।

एक दशकदेखि किन मूकदर्शक बन्यो काउन्सिल? 
चिकित्सा शिक्षामा एक दशकभन्दा पहिलादेखि नै यो किसिमको विकृति भएको पाइए पनि मेडिकल काउन्सिल भने अहिलेसम्म मूकदर्शक बसेको पाइएको छ। २०६४ सालमै नेपाली विद्यार्थी भारतीय बनेर नेपालमा अध्ययन गर्ने गरेको खुलेको थियो। तर, अहिलेसम्म पनि काउन्सिलले कारबाहीका लागि कुनै तदारुकता देखाएको छैन। 

२०६० सालमै नेपाली नागरिकता लिएका वीरगञ्जका शशिकान्त चौधरीले २०६४ सालमा बिडिएस अध्ययनको प्रवेश परीक्षा छल्न आफू भारतीय भएको भन्दै भारतीय परिचय–पत्र पेस गरेर अध्ययन गरेका थिए। १३ वर्ष अघिदेखि नै अवैध तरिकाले अध्ययन गरेर काम समेत गर्दै आएको पाइए पनि कारबाहीका लागि भने मेडिकल काउन्सिलले तदारुकता देखाएन।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारी

एक वर्षअघि, २०७६ फागुन २७ गते मात्र मेडिकल काउन्सिसले भारतीय बनेर अध्ययन गरेका १२ डाक्टरलाई पत्र पठाउँदै सक्कल कागजातसहित उपस्थित हुन भनेको थियो। तर, एक वर्ष बितिसक्दा समेत यो ‘छानबिन प्रक्रिया’मै छ। काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले भने कारबाही प्रक्रिया अघि बढेको दाबी गरे। ‘हामीले स्पष्टीकरण सोधिसकेका छौं। अब कारबाही हुन्छ’, अधिकारीले नेपाल लाइभसँग भने।

के कसुरमा कारबाही गर्ने भन्नेबारे प्रष्ट कानुनी व्यवस्था नभएकाले कारबाही गर्न ढिलो भएको उनको दाबी छ। अध्ययन गर्ने बेलामा भारतीय बनेका विद्यार्थीलाई नेपाली भनेर लाइसेन्स दिइएपछि काउन्सिलकै भूमिकामाथि समेत प्रश्न उठेको छ। उनीहरुले अध्ययन गरेका कलेजसँग भर्ना भएका बेला पेस गरेका कागजात माग्दा मात्रै पनि नेपालीको आधारमा उनीहरुले लाइसेन्स लिने बाटो बन्द हुन सक्थ्यो। काउन्सिलले यति पनि नगरी लाइसेन्स वितरण गरेको देखिन्छ। 

सिआइबीले समेत अनुसन्धान अघि बढाउँदै
काउन्सिलले एक दशकसम्म पनि कारबाही नगरेपछि यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि चासो देखाएको छ।

काउन्सिलले कारबाही प्रक्रिया अघि नबढाएपछि सिआइबीले अनुसन्धानका लागि यसअघि काउन्सिलसँग १२ डाक्टरको फाइल माग गर्दा पाएको थिएन। तर, अहिले भने काउन्सिलकै समन्वयमा सिआइबीले समेत अनुसन्धान अगाडि बढाएको सिआइबीका निर्देशक, डिआइजी सहकुलबहादुर थापा बताउँछन्।

सिआइबीका निर्देशक, डिआइजी सहकुलबहादुर थापा

‘नेपाली नागरिकले अध्ययन गर्नकै लागि भारतीय भएको परिचय पेस गरेर अध्ययन गर्नु र पछि नेपाली भएको दाबी गर्दै लाइसेन्स लिनु गम्भीर अपराध भएकाले हामीले पनि चासो राखेका छौं’, डिआइजी थापाले नेपाल लाइभसँग भने, ‘काउन्सिल बोर्ड मिटिङमा समेत यो विषयमा छलफल भएर दुवै संस्थाको समन्वयमा काम अगाडि बढाउने कुरा भएको जानकारी पाएका छौं।'

सिआइबी स्रोतका अनुसार यो विषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको र किर्तेमा मुद्दा चलाउन सक्ने गरी प्रमाण जुटाउने काम भइरहेको छ। गत पुस १० गते पुनः सूचना जारी गर्दै काउन्सिलले उनीहरुलाई ३० दिनभित्र सम्पूर्ण सक्कल शैक्षिक प्रमाणपत्र, नागरिकता, काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्रलगायत लिएर उपस्थित हुन भनेको थियो। उनीहरु उपस्थित भए पनि अहिलेसम्म कारबाहीको प्रक्रिया भने अघि बढ्न सकेको छैन।

विकृति बढेपछि कडाइ
पैसा तिर्न सक्ने तर प्रवेश परीक्षा पास गर्न नसक्ने नेपाली विद्यार्थीलाई विदेशी बनाएर बिना प्रवेश परीक्षा एमबिबिएस तथा बिडिएसमा मेडिकल कलेजले भर्ना गर्ने विकृती बढ्दो क्रममा थियो। डाक्टर पढ्नका लागि विदेशी विद्यार्थीले ठूलो रकम कलेजलाई तिर्नुपर्ने भएपछि नेपालका मेडिकल कलेजले ‘सेटिङ’मा फर्जी काजगात बनाएर नेपाली विद्यार्थीलाई विदेशी बनाउँदै भर्ना गर्दै रकम असुल्ने विकृति बढेको थियो। 

अहिले छानबिनमा तानिएका १२ डाक्टर त्यही विकृतिका दृष्टान्त हुन्। नेपालीलाई भारतीय बनाएर भर्ना गर्दा जेहेन्दार नेपाली विद्यार्थी भने अध्ययनबाट बन्चित हुने गरेका थिए। मेडिकल कलेजहरुले एक शैक्षिक सत्रमा नेपाली र विदेशी विद्यार्थीका लागि भनेर निश्चित कोटा छुट्याउनु पर्ने हुन्छ। विदेशी विद्यार्थी भर्ना नभएको समयमा ती कोटामा नेपाली विद्यार्थीले नै अध्ययन गर्न पाउँछन्। तर, मेडिकल कलेजहरुले नेपाली विद्यार्थीलाई भारतीय बनाएर बिना प्रवेश परीक्षा भर्ना गर्दा जेहन्दार नेपाली विद्यार्थीसमेत डाक्टर पढ्नबाट बञ्चित हुँदै आएका थिए। 

 एमबिबिएस/बिडिएस कार्यक्रम मापदण्ड २०१७

यस्तो विकृति बढेपछि डा धर्मकान्त बाँस्कोटा काउन्सिलको अध्यक्ष बनेपछि यसबारे मापदण्ड बनाउन सुरु गरियो। काउन्सिलले एमबिबिएस/बिडिएस कार्यक्रमको मापदण्ड २०१७ लागू गर्‍यो, जहाँ नेपाली र विदेशी विद्यार्थी भर्ना प्रक्रियाबारे प्रष्ट उल्लेख छ। नेपाली विद्यार्थीहरूले एमबिबिएस पढ्न प्रवेश परीक्षा अनिवार्य पास गर्नु पर्छ।

एमबिबिएस पढ्न चाहने विदेशी विद्यार्थीहरुले पनि सम्बन्धित विश्वविद्यालय, एकेडेमी र संस्थाबाट मेडिकल इन्ट्रान्स इक्जाम (एमईई) पास गर्नुपर्छ। त्यसैगरी, नेपालको विश्वविद्यालयमा चाहिने आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्छ। सोही अनुसार सम्बन्धित स्थानबाट प्राप्त मान्य कागजात पनि प्रस्तुत गर्नुपर्छ। 

नेपालको विश्वविद्यालय वा प्रतिष्ठानको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने वा सम्बन्धित देशको मेडिकल प्रवेश परीक्षा पास भएको हुनुपर्ने व्यवस्था अहिले लागू भएको छ। यो व्यवस्था लागू गरिएपछि नेपाली विद्यार्थीलाई विदेशी बनाएर भर्ना गर्ने विकृति भने अन्त्य भएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्