काठमाडौं–शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बनेको छ।
शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको जनाएको हो। हालै गुणस्तर तथा नापतौल विभागले NS–572 प्रमाणीकरण गरी ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ।
एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एन एस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको शिवमले गुणस्तरीय उत्पादनकै कारण NS–572 को अनुमति तथा मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ।
नेपालकै पहिलो र एकमात्र ४३ ग्रेडको सिमेन्ट उत्पादक बनेको कम्पनीले गुणस्तरलाई सधैं कायम राख्ने प्रतिवद्धता समेत जनाएको छ।
यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस ४९ प्रमाणीकरण गर्दै आएको थियो।
सन् २००९ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।