काठमाडौं–मेगा बैंकले गागलफेदी यातायातद्वारा सञ्चालित यात्रुबाहक बसमा क्यूआर कोड भुक्तानी प्रविधि सञ्चालन गरेको छ। योसँगे बसमा चढ्ने यात्रुले भाडा अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन्।
मेगा बैंक र गागलफेदी यातायातले विशेष समारोह आयोजना गरी क्यूआर कोडबाट भाडा भुक्तानी सुविधाको उद्घाटन गरेका हुन्।
कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए।
गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।