काठमाडौं–नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ । माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले देशको समसामयिक राजनीतिक परिदृश्यबारे छलफल गर्ने केन्द्रका नेता देवेन्द्र पौडेलले बताए।
बैठकमा एमालेमा लागेर जिम्मेवारी पाएका नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थनलगायत विषयमा छलफल हुने उनले बताए।
हिजोको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
माओवादीबाट रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन् ।
थापासहित २३ नेतालाई शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।