काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले केपी शर्मा ओली पक्षले गरेका निर्णय नमान्ने घोषणा गरेको छ। शनिबार नयाँबानेश्वरमा भएको उक्त पक्षको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले यस्तो निर्णय गरेको पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले बताए।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षले शुक्रबार अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गर्ने र नेपाल-खनाल पक्षका नेताहरूलाई जिम्मेवारी मुक्त गरी आफ्नो पक्षका नेताहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो।
'ओली पक्षले विधानअनुसार अवैध निर्णय गरेकाले ती निर्णय मान्न सकिँदैन,' नेता रावलले भने।
यस्तै नेपाल-खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलासमेत बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।