• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

छिरिङ अझै 'कुदिरहेका' छन्

64x64
ऋग्वेद शर्मा शनिबार, फागुन २९, २०७७  १७:५१
1140x725

काठमाडौं- म्याराथन धावक हुन् छिरिङ लामा ह्योल्मो। उनी पहिले खुबै कुदे। धावकको परिचय बनाए। देशविदेश पुगे। कति प्रतियोगिता जिते।

३७ वर्षका उनी अहिले पनि कुदिरहेकै छन्। तर, कुद्ने उद्देश्य फेरिएको छ। अहिले आफ्ना लागि मात्र दौडिरहेका छैनन् छिरिङ। एथ्लेटिक्समा रहेका धेरैका लागि केही गर्न सकौँ भनेर ‘दौडधुप’ गरिरहेका छन्।

मान्छे कतिसम्म हन्डर र ठक्कर खाएर लक्ष्यमा अघि बढिरहन सक्छ? सिन्धुपाल्चोक, हेलम्बुका छिरिङ त्यसको उदाहरण हुन्। म्याराथन धावकबाट पाइला मोडिएका उनी नेपाली एथ्लेटिक्सको भविष्य बनाउने सपना देखिरहेका छन्। त्यसलाई पूरा गर्न निकै नजिक पुगिसके। तर, अन्तिम बाटो अझ कष्टकर बनिरहेको छ। 

छिरिङले योजनामा देखेको सपना हो, म्याराथन धावकका लागि ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’। त्यसैमा जोडिएर खेलाडीको अभ्याससँगै पर्यटनको विकास। हेलम्बु, शेर्माथाङमा खेर गइरहेको सरकारी जग्गामा उनले ट्रेनिङ सेन्टरको योजना बनाएर काठमाडौंमा मन्त्रालय धाउन थालेको चार वर्ष भइसक्यो। 

No description available.

नेपाली एथ्लेटिक्सलाई उचाइ दिन सक्ने योजनामा छिरिङले सोचेजस्तो साथ पाइरहेका छैनन्। उनी एउटै कामको लागि दुई सय पटकभन्दा बढी सिंहदरबार आउजाउ गरिसकेको सुनाउँछन्। हरेक पटक भित्र पस्दा चाहिने ‘गेट पास’को चिर्कटो उनले सुरक्षित नै राखिरहेका छन्। त्यसैबाट अझै प्रयास छाड्नु हुँदैन भनेर आत्मविश्वास बटुलिरहेका छन्। भन्छन्, ‘यति मिहिनेत गरिसकियो अब किन पो छाड्नु?’ 

होइन भने त ‘तपाईंले हजार चोटी धाउँदा पनि यो काम बन्दैन’ भनेर मन्त्रालयमा उनले धेरैको ओठे जवाफ सुनिसके। ‘तपाइँ किन यस्तो काममा हिँडिरहेको? योभन्दा त परिवार, बालबच्चा, घरको लागि समय दिनू’ भनेर नमागेको अर्ती दिनेहरू सिंहदरबारमै धेरै भेटिए। आत्मबल दिनुपर्नेले हतोत्साहित बनाइरहँदा पनि छिरिङ आत्तिएका छैनन्। बीच बाटोमा पुगेर छाड्ने उनको बानी छैन। छाडुन् पनि किन? धावक हुन्। म्याराथन धावक। 

धावक बन्ने बाटो
छिरिङले दौडन्छु भनेर दौडको अभ्यास गरेका होइनन्। घरदेखि विद्यालय–विद्यालयदेखि घरको बाटोमा आउँदा जाँदा नै उनलाई दौडको अभ्यास भइरहेको थियो। विद्यालयदेखि घरको ओहोरदोहोर उनका लागि करिक १० किलोमिटरको बाटो थियो। हरेक दिनको लामो बाटो कठिन काम भए पनि त्यसले दौडन मद्दत पुगिरह्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

छिरिङ दौडसँग जोडिएको विद्यालयमा प्रतिस्पर्धा हुने वीरेन्द्र शिल्डबाट नै हो। वीरेन्द्र शिल्डमा विद्यालयले दौडमा पदक जितेको खबर पत्रिकामा छापिएपछि उनले खेलकुदलाई हेर्ने नजर फेरिएको थियो। 

No description available.

‘विद्यालयले पहिलोपटक त्यसरी कुनै खेलमा पदक जितेको थियो। त्यतिबेला दौडमा हाम्रो जितबारे विद्यालयको नाम र हाम्रो नामसहित पत्रिकामा समाचार आएको थियो। त्यसअघि विद्यालयको नाम त्यसरी पत्रिकामा कहिल्यै आएको थिएन’, पुराना दिन सम्झँदै छिरिङ सुनाउँछन्, ‘त्यसपछि मलाई दौडिने कुरा राम्रो रहेछ भनेजस्तो लाग्यो। रुचि बढ्यो। त्यतिबेलासम्म खास केही थाहा थिएन। पत्रिका नै कहिल्यै नदेखेका हामीलाई पत्रिकामा नाम आउने कुरा ठूलो लागेर नै दौडने इच्छा बढेको थियो।’

कुद्‍यो भने केही हुँदो रहेछ जस्तो लागेर छिरिङ कुद्न थाले। एसएलसीपछि सिन्धुपाल्चोकबाट काठमाडौं आए। उनको दौड रोकियो। दौडका लागि कहाँ गएर कोसँग अभ्यास गर्ने भन्ने बाटो उनले भेटेका थिएनन्। बरु उनी विद्यालयमा खेलेको टेबलटेनिस सम्झिएर टेबलटेनिस कबर्ड हल लैनचौर पुगे। ६ महिना त्यहाँ अभ्यास गरे।

उनी दौडन सक्ने थाहा पाएर टेबलटेनिस गुरुले दौडतिरै जाँदा राम्रो भविष्य छ भन्ने सम्झाए। एथ्लेटिक्स प्रशिक्षकलाई दशरथ रंगशालामा गएर उनैले भेटाइदिए पनि।  ‘त्यसपछि मलाई रंगशाला जाने बाटो खुल्यो।

एथ्लेटिक्सका सुशील नरसिंह राणालाई गुरुले तिमी कति कुद्ने रहेछ हेरौँ न त भनेर मलाई कुद्न भन्नुभयो। रंगशालामा ५/६ राउन्ड लगाएँ। पहिलो पटक रंगशालाको ट्रयाकमा कुद्न पाएको, कुदेँ। ल ठीक छ तिमी कुद्न सक्छौ जस्तो छ, हरेक दिन आऊ अभ्यास गराउँछु भन्नुभयो। गुरुले त्यति भनेपछि म पनि अभ्यासमा जान थालेँ’ छिरिङले सुनाए। 

No description available.

अभ्यासमा जान थालेपछि छिरिङको दौड सुधारियो। प्रतियोगिताहरूमा सहभागी हुन थाले। पहिलोपटक सहभागी भएको प्रतियोगिता ‘भक्तपुर च्याम्पियनसिप’मा नै उनले स्वर्ण जितेका थिए। त्यसपछि त धावकमाझ छिरिङको पनि परिचय बन्यो। यो केटो कुद्छ भनेर धेरैले थाहा पाए। 

अभ्यास गर्दै जाँदा छिरिङको नतिजा राम्रो हुँदै गयो। लगातार प्रतियोगितामा सहभागी हुन थाले। काठमाडौंमा नै केही गरौँ भन्ने चाहना दौडबाट पूरा भइरहेको थियो। माओवादी शसस्त्र द्वन्द्वको समय उनका लागि गाउँ फर्कन सक्ने स्थिति पनि थिएन। आमाबुबाले पनि भनेका थिए, ‘काठमाडौंमा बसेर जे गर्ने हो गर यता नआऊ।’

‘घरमा बुबाआमालाई तिम्रो छोरा कहाँ गएको छ बोलाऊ हामी जागिर दिन्छौँ भन्दै माओवादी गइरहेका हुन्थे। तिम्रो छोरालाई छिटो झिकाउनु पर्‍यो भनेर माओवादीले दबाब दिइरहने भएर आमाबुबाले मलाई घर नआऊ भन्नुभएको थियो’, छिरिङ भन्छन्, ‘काठमाडौंमा मेरो काकीको चिया पसल थियो। त्यसैले त्यसमा काम गर्ने गर्दै बिहान बेलुका दौडको अभ्यास गर्थें।’ 

दौडमा लागिरहँदा गुरुले उनलाई नेपाल पुलिस क्लबमा पनि जोडिदिए। पुलिस क्लबमा छिरिङको परिचरमा जागिर सुरु भयो। जागिर जुन तहमा भए पनि मेरो काम कुद्ने त हो, अरु केही गर्नुपर्ने होइन भनेजस्तो लागेर पुलिसमा आबद्ध भएको उनी सुनाउँछन्। पुलिस क्लबमा आबद्ध भएपछि उनको दौड अब जागिरसँग पनि जोडिएको थियो। ठूलो खेलाडी र भविष्य देखिने समूहमा पुगेका थिए छिरिङ। तर सोचेजस्तो भइरहेन। 

No description available.

डोपिङ काण्डले फेरिएको समय
छिरिङको खेल जीवन लयमा थियो। प्रतियोगितामा राम्रो गरिरहेका थिए। त्यसमा उनलाई सबैभन्दा ज्यादा सम्झना आउँछ सन् २००५ को एभरेस्ट म्याराथन। सगरमाथा बेस क्याम्पसहित खुम्बु भ्यालीमा हुने ‘तेन्जिङ हिलारी एभरेस्ट म्याराथन’ विश्वभरका धावकमा परिचित प्रतिस्पर्धा हो। जसले ‘हाई अल्टिच्युड एडभेन्चर स्पोर्टस’का रुपमा ख्याती कमाएको छ। 

एभरेस्ट म्याराथनबारे सुनिसकेपछि पनि त्यसमा सहभागी हुने कसरी हो भन्ने छिरिङलाई थाहा थिएन। तर, गहिरिएर चाहेको कुरा जसरी पनि पूरा हुन्छ भने झैँ निकै ठाउँ दौडधुप गरेर उनले एभरेस्ट म्याराथनमा सहभागी हुने बाटो भेटिछाडे। 

‘एभरेस्ट म्याराथन खेल्न कहाँ गएर नाम टिपाउनुपर्ने हो भन्ने खोज्न पनि एक हप्ताभन्दा बढी लाग्यो। पुलिस क्लबले पनि अनुमति दिएर चिठी लेखिदिएपछि म जान पाउने भएँ। हामीलाई प्रशिक्षक सुशील नरसिंहसँगै ‘नेपाल–जर्मन एथ्लेटिक्स डिभलपमेन्ट प्रोजेक्ट’बाट आएका गुन्टर लाङ्गेले पनि हेरिरहेका थिए’, छिरिङले सुनाए। 

बुझेका प्रशिक्षकको साथले छिरिङको अभ्यास राम्रो भएको थियो। उच्च क्षेत्रमा दौडिँदा कस्तो कठिनाइ हुन्छ भन्ने बुझेर प्रशिक्षकले उनलाई अभ्यासका लागि एक महिना पहिले नै खुम्बु पठाइदिएका थिए। ‘त्यहाँ गएर म त्यहाँको हावापानी बुझ्दै एक महिना अभ्यास गरेँ। दौडमा पनि राम्रो भयो। म्याराथन जितेँ। म्याराथनको समय खुम्बुमा भेटिएका दुई पर्यटकले सहयोग गरेर म हल्यान्डमा पनि म्याराथनमा सहभागी हुन जान पाएको थिएँ’, उनले सम्झिए। 

‘त्यतिबेला पनि पुरस्कार ठिकठिकै हुन्थ्यो। एभरेस्ट म्याराथनमा ५ सय पाउन्ड पुरस्कार पाएको थिएँ। त्यतिबेला नै एभरेस्ट स्काइ रेसमा पनि पहिलो भएर १५० डलर कमाएको थिएँ। विदेशीहरुले ‘यु आर रियल्ली अ लोकल म्यान’ भनेर मलाई त्यहाँ टाइटल पनि दिएका थिए’, उनले सुनाए।

No description available.

एभरेस्ट म्याराथनपछि हल्यान्डमा नयाँ अनुभव पाएका छिरिङ दक्षिण कोरिया र सिंगापुर पनि म्याराथनकै लागि पुगिसकेका छन्। विदेशमा उपाधिका हिसाबले प्रतिस्पर्धा उति राम्रो नभए पनि उनका लागि नयाँ परिवेशको अनुभव विशेष थियो। 

यसरी देशभित्र र बाहिरसम्म म्याराथनमा बढिरहेका छिरिङका लागि उही समय निरन्तर रहन सकेन। आफू कुनै पनि हिसाबमा नजोडिएको ‘डोपिङ काण्ड’को घेरामा उनी यसरी जेलिए कि खेलबाटै पर हुनुपर्ने अवस्थामा पुगे। 

सन् २००६ मा श्रीलंकामा भएको दशौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली धावक राजेन्द्र भण्डारीले ५ हजार मिटर दौड र ३ हजार मिटर स्टिपलचेसमा जितेको स्वर्णपदक प्रतिबन्धित औषधि सेवन गरेको पाइएको भन्दै पछि खोसिएको थियो। 

‘डोपिङ काण्डमा म परेको पनि होइन तर त्यसैले मेरो दौडको जिन्दगी मोडियो। म त्यतिबेला पुलिस भइटोपलेको जस्तो भन्ने कि, जान्ने भइटोपलेको भन्ने डोपिङ काण्डको सत्यतथ्य बाहिरिनुपर्छ भनेर लागेँ’, छिरिङ भन्छन्, ‘कसले–कसले प्रतिबन्धित औषधि खाएको हो भनेर अनुसन्धान गर्न थालेँ। एकोहोरो आफ्नो अभ्यासमा ध्यान दिएको भए म राम्रो नै हुन्थेँ। तर यो डोपिङ कसरी गर्ने रहेछन्, कसले खाँदो रहेछ भन्नेतिर लागेँ।’ 

‘मसँग मोबाइल पनि रेकर्ड गर्न मिल्ने खालको थियो। सबैको कुरा रेकर्ड गर्ने अरुलाई सोधपुछ गर्ने गर्न थालेको थिएँ। पहिलेका पनि प्रायः खेलाडीले प्रतिबन्धित हुने औषधि प्रयोग गरेका रहेछन्। कतिपयले त त्यो प्रतिबन्धित औषधि हो भन्ने नबुझी कलेजोलाई राम्रो गर्छ भनेर खाँदा रहेछन्’, पुरानो समय जोडेर छिरिङ भन्छन्, ‘सजिलै पाउने अरु प्रतिबन्धित खाने औषधि र केही इन्जेक्सन पनि खेलाडीले प्रयोग गर्ने रहेछन्। त्यसले २४ घण्टासम्म एकदम राम्रो 'पावर' दिने रहेछ। मान्छे थाक्दै नथाक्ने, ब्लड सेल्स बढाइदिने गर्दो रहेछ।’ 

नेपालमा डोपिङमा के कस्तो भइरहेको छ भन्ने पत्ता लगाउन छिरिङ यसरी लागिपरे कि उनले अरु सबै कुरा बिर्सिए। धेरैलाई सोधपुछ गरे। धेरैसँग अनौपचारिक कुराकानी गरे। 

‘डोपिङको रिसर्चमा लाग्दा सिनियर खेलाडीहरु त्यतातिरकै रहेछन्। त्यसले अरुको नजरमा म यो मान्छे खतरा छ है भन्ने अवस्था पुगेछ। सबैको तारोमा परेँ। त्यहाँ त राजनीति हुँदो रहेछ तर मलाई त्यो कुरा थाहा थिएन। त्यसपछि पुलिस क्लबबाट म्याराथनमा कम अरु ड्युटीमा बढी हुन थाल्यो। त्यही पनि ड्युटी गरेर नै दौडने काम गरिरहेको थिएँ। तर पछि चाहिँ मलाई धेरै ड्युटीमा गइराख्नु राम्रो लागेन। खेलाडी बन्छु भनेर लागेको मान्छे अरु काममा मन लाग्ने कुरा पनि भएन’, छिरिङ केही निराश देखिए, ‘आफ्नो गुरु निलम्बनमा परेको हुँदा मलाई डोपिङको बारेमा सबै बुझौँ जस्तो लागेको थियो। गुन्टर लाङ्गेको जर्मन प्रोजेक्ट नै नेपालबाट भुटानमा त्यसैकारण पुग्यो भनिन्छ। त्यसले नेपाली खेलकुदमा धेरै घाटा लागेको छ।’ 

No description available.

डोपिङबारे खोज गर्ने सोचले उनी नराम्ररी घेरिएको महसुस गरिरहेका थिए। आफू जे कामका लागि पुलिस क्लबमा गएको हो त्यही म्याराथन छाड्नुपर्ने अवस्था उनलाई ठीक लाग्ने कुरै भएन। यसैले बरु केही न केही दुःख नै गर्छु तर अरु नै केही काम गर्छु भनेर प्रहरी क्लब छाडेको उनी सुनाउँछन्। 

हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर
खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेर जे शक्ति बढाउने सोचिरहेका हुन्छन् त्यो उच्च क्षेत्रको अभ्यासमा प्राकृतिक रुपमा नै हुने विश्वास छिरिङलाई छ। अभ्यासमा ध्यान दिएर त्यही अनुरुप आफ्नो शरीर परिवर्तन गराउने हो भने अनावश्यक बाटो सोच्नै नपर्ने उनी सुनाउँछन्। त्यसैले पनि हेलम्बुमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ उनको विशेष सपना हो। 

‘डोपिङमा खेलाडी प्रतिबन्धमा पर्छ भने हाई अल्टिच्युडको अभ्यासले त प्राकृतिक रुपमा नै राम्रो हुन्छ। विश्व खेलकुदका राम्रा खेलाडी उच्च भेगमा अभ्यास गर्न लालयित हुन्छन्। नेपालमा पनि धेरै अगाडिदेखि हाई अल्टिच्युडको कुरा आइरहेको छ तर त्यसमा के कसरी काम गर्ने भन्ने यकिन कसैले गरेका छैनन्। राजनीति भनौँ वा के भनौँ सबैको मुखमा हाई अल्टिच्युड भए पनि कहिल्यै व्यवहारमा देखिएको छैन’ उनले भने। 

यी सबै कुरा मनन गरेर गएको चार वर्षदेखि छिरिङ ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ बनाउन लागिपरिरहेका छन्। कागजपत्र लिएर धेरै दौडधुप गरिसकेका छन्। भन्छन्, ‘म आफू पनि खेलाडी भएको नाताले गरौँ भन्छु। तर चार वर्ष भइसक्यो काम हुन सकेको छैन। मसँग अहिले हरेक चिजको कागजपत्र छ। प्रमाण छ। सिंहदबारभित्र मात्र दुई सय पटक पसेको गेट पास सुरक्षित छ।’

छिरिङको विषयलाई लिएर खेलकुद मन्त्रालयले कृषि मन्त्रालयलाई तीन पटक चिठी लेखिसकेको छिरिङ बताउँछन्। ट्रेनिङ सेन्टर सञ्चालन गर्ने जग्गा कृषि मन्त्रालय अन्तर्गत पर्ने हुँदा खेलकुद मन्त्रालयबाट मात्रै काम हुन सकेको छैन। कृषि मन्त्रालयले पनि त्यो जग्गामा अहिलेसम्म अरु केही काम गरेको छैन। जग्गा बाँझो नै बसिरहेको छ। 

‘चार वर्ष भइसक्यो काम हुन सकेको छैन। मसँग अहिले हरेक चिजको कागजपत्र छ। प्रमाण छ। सिंहदबारभित्र मात्र दुई सय पटक पसेको गेट पास सुरक्षित छ,’ छिरिङ भन्छन्। 

‘जग्गा लाङटाङ राष्ट्रिय निकुञ्जलाई गइसकेको छ भन्ने कुरा आएको थियो। तर जग्गा निकुञ्जको होइन रहेछ। जग्गा त्यत्तिकै राखिरहेको छ जसमा लालपुर्जासमेत छैन। अब स्थानीय जनप्रतिनिधिमार्फत काम गर्नुपर्ने छ। ट्रेनिङ सेन्टर सञ्चालन गर्न पुग्ने जग्गा सेन्टरलाई दिएर अरु जग्गामा कृषिकै काम होस् भन्ने सोच हो’, छिरिङ भन्छन्, ‘तर चार वर्ष भइसक्यो न कृषि मन्त्रालयले केही निर्णय दिन्छ, न खेलकुद मन्त्रालयले केही दिन्छ, यताबाट उता, उताबाट यता भइरहेको छ। कसैले पनि केही नगर्ने हो भने त त्यो ठाउँमा केही पनि नहुने भयो नि!’ 

‘यसअघि प्रदेश सरकारबाट बजेट छुट्याइएको थियो। त्यो बजेट कार्यान्वयन गर्न नै पाइएन। खेलकुद मन्त्रालयबाट पनि तीन पटक बजेट परेको हो। तर जग्गाको कुरा नमिल्नाले बजेटमा काम गर्न नै पाइएन’, उनले सुनाए। 

वैकुण्ठ मानन्धर, जितबहादुर केसी जस्ता धावकले छिरिङको हौसला बढाइरहेका छन्। हामी जहाँ गएर उभिनु पर्ने हो, बोल्नुपर्ने हो त्यहीँ जान्छौँ भनेर अग्रज खेलाडीले दिएको साथ र गाउँलेले गर्नुपर्छ भनेर थपिरहेको उत्साहले छिरिङले ऊर्जा पाइरहेका छन्। 

No description available.

‘पहिला सोच्दा करोडौँ रुपैयाँ खर्च होला भन्ने लाग्थ्यो। अब शून्यबाट सुरु गरेर पछि ठूलो बनाउने योजना छ। मान्छेले ठूलो खर्च जान्छ हतपत हुँदैन भनिरहेका हुन्थे। मलाई पनि हो जस्तो लाग्थ्यो। अहिले आएर काम गर्दै जाँदा तरिका परिवर्तन गर्नुपर्ने रहेछ भन्ने लागेको छ’, उनी भन्छन्, ‘थोरै खर्चमा पनि केही होस् भन्ने लागेको छ। पहिला ५२ करोड रुपैयाँको योजना थियो। अहिले त्यहाँ जग्गाको कुरा मिल्यो भने स्थानीयसँग ५० हजार रुपैयाँ उठाइसकेको छु। आफैले कोदालो खनेर बनाउँछु भन्ने स्थानीय धेरै छन्। त्यसैले अब पैसा नै नभए पनि काम सुरु गर्छु।’ 

लकडाउन हुनुभन्दा अगाडि पुलिस क्लबका खेलाडीलाई एक महिना त्यही क्षेत्रमा राखेर छिरिङले अभ्यास पनि गराइसकेका छन्। जुन सफल पनि देखियो। छिरिङलाई लागेको छ, ‘त्यहाँ सामान्य खालको मैदान बनोस्। उचाइ आफै छँदैछ। संरचना नै नबन्दा त हामीले अभ्यास सुरु गर्न सकिसक्यौँ भनेपछि मैदान हुँदा त अझ राम्ररी गर्न सकिन्छ। त्यसमा विस्तारै सुरु गर्दै जाने हो, ठूलो खर्च लाग्दैन। खान र बस्न पाँच हजार रुपैयाँ भए एक खेलाडीलाई एक महिना पुग्छ।’ 

‘गाउँपालिकाबाट पनि केही गर्छु भन्ने कुरा भइरहेको छ तर बजेट छुट्याइसक्नु भएको छैन। अब यो जग्गाको विवाद छिटै मिल्छ जस्तो लाग्छ। मिल्नु पनि पर्छ। त्यो मिलेन भने म जस्तोसुकै मिहिनेत गर्न तयार छु। जसरी पनि त्यो कुरा मिल्नुपर्छ। स्थानीय तहमा सबै नेताले सहयोग गरिरहनुभएको छ। तर जग्गाकै कारणले कुनै काम सुरु गर्न सकेको छैन’, उनले भने। 

उच्च क्षेत्रमा दौड अभ्यास गराउने छिरिङको धोको ठूलो छ। सबै कुरा छाडेर अहिले उनी त्यसैका लागि लागिपरेका छन्। उनमा गर्न सकिन्छ भन्ने विश्वास छ। भन्छन्, ‘मेरो कुरा कसैले सुन्दैन भनेर म हरेस खादिनँ। दुई मुठी सास भएसम्म यो विषयलाई छाड्ने छैन। मेरो गाउँलेहरुले पनि मलाई साथ दिइरहेका छन्। यसले गर्छ भनेर विश्वास गरेका छन्। यो काम अगाडि बढिदिए हुन्थ्यो भनेर सबैले भनिरहनुभएको हुन्छ।’ 

No description available.

हुन त छिरिङले जे गरिरहेका छन् त्यो सबैलाई ठीक लागिरहेको छैन। कतिले छिरिङ अहिले जे छन् त्योभन्दा ‘माथि’ हुनुपर्ने हो भन्ने ताना उनलाई नै सुनाइरहेका पनि हुन्छन्। विदेशमा पुग्दा उतै नबसेको भन्नेदेखि काठमाडौंमा घर र गाडि नभएको विषय पनि छिरिङको कानमा नपरेको होइन। तर, उनी भन्छन्, ‘कोरियामा जाँदा कोरियामा नै, हल्यान्डमा जाँदा त्यहाँ नै बसिदिएको भए हुन्थ्यो भन्ने धेरै भए। तर मलाई त्यसरी लुक्न कहिल्यै मन लागेन। मसँग जे छ त्यसमा खुसी छु। जे गर्छु आफै नै गर्छु।’ 

हेलम्बुमा अहिले पनि दौडका विभिन्न प्रतियोगिता आयोजना गर्न छिरिङ अगाडि सरिरहेका हुन्छन्। दुई हप्ताअघि उनकै सक्रियतामा हेलम्बु गाउँपालिका–२, शेर्माथाङमा छेच्यु पर्वको उत्सव पारेर ‘हेलम्बु ५ किमी रन’ आयोजना गरियो। त्यसमा दौडमार्फत यसैगरी आउँदा दिनमा पनि स्थानीय पर्यटनको विकासमा लाग्ने उनको योजना छ। 

‘एकवर्ष अगाडिसम्म त महिनामा दुई पटक बालबालिकालाई दौडाउने प्रतियोगिता गरिरहेको थिएँ। काठमाडौंबाट त्यसैका लागि त्यहाँ जान्थेँ। उनीहरु कुदिरहेका हुन्छन्। विद्यालयकै लागि दिनको ११ किलोमिटर हिँड्नुपर्ने बाटोबाट आउजाउ गरिरहेका हुन्छन्। त्यसैले उनीहरुलाई कुद्नु ठूलो कुरा हुँदैन’ उनले भने। 

अन्त्यमा,
पछिल्लो समय छिरिङका लागि विभिन्न चार विषय प्राथमिकतामा थिए। भूकम्पले भत्काएको पुख्र्यौली घर पुनर्निर्माण समयमा नै नगरेको भएर कालोसूचीमा पर्न लागेको थियो। त्यो घर अब बनाइसके। 

काठमाडौंमा बस्न लकडाउनले गर्दा धेरै गाह्रो भएको थियो। अहिले उनको जीवनयापन सामान्य हुँदै गएको छ। जीवन सहज बाटोमा जाँदै छ। त्यसमा पुतलीसडकमा खोलेको मःम स्टल राम्रै चलिरहेकोले अब दुःख धेरै नहोला भन्ने आश छ। 

हेलम्बुमा छेच्यु पूजाको विशेष जिम्मेवारी उनैलाई थियो। त्यसमा दौड र संस्कृति, पर्यटन जोडेर लैजाने योजनामा उनको सफल प्रयास भइसकेको छ। अब बाँकी छ, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को काम। छिरिङ पक्कै सफल हुनेछन्। धावक हुन्, हार त किन मान्छन् र!

No description available.

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १७:५१
  • #छिरिङ
  • #हाई_अल्टिच्युड_रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
१४ औँ साग चैतमा १४ औँ साग चैत २०  देखि २८ गते (सन् २०२७ को अप्रिल ३ देखि ११) सम्म  आयोजना हुनेछ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेप... आइतबार, भदौ ७, २०८३
नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक आज आइतबार पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक गरिएको हो। आइतबार, भदौ ७, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने सोमबार, भदौ ८, २०८३
निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान सोमबार, भदौ ८, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश सोमबार, भदौ ८, २०८३
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ? सोमबार, भदौ ८, २०८३
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्