काठमाडौं–प्रविधिका कारण आर्थिक कारोबारमा सहजता थपिएको छ। अनलाइनबाटै गरिने भुक्तानीबाट अहिले धेरैको आर्थिक गतिविधि सजिलो बनिरहेको छ। अहिले दैनिक उपभोग्य सामग्री खरिददेखि बसभाडा समेत अनलाइनबाटै गर्न सकिने सुविधा उपलब्ध हुँदै छ।
त्यसै क्रमको निन्तरतास्वरुप अटो रिक्साको भाडा अनलाइनबाटै तिर्न सकिने सुविधा उपलब्ध भएको छ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको थालनी गरेको हो।
बैंकले विराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो।
बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको हो। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गरी सेवाको उद्घाटन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।