काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भएको बताएका छन्। गौतमले अब ओलीसँगै जाने सम्भावना पनि सकिएको बताएका छन्। शुक्रबार भएका घटनाक्रमपछि गौतमले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
'केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो,' प्रेस संयोजक विश्वमणि सुवेदीले गौतमलाई उद्धृत गर्दै भने।
शुक्रबार एमालेको ओली पक्षको केन्द्रिय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, माधवकुमार नेपाल र झलनाथ खनालनिकट नेताहरुको जिम्मेवारी खोस्ने, आफ्नो पक्षका नेताहरुलाई मात्र जिम्मेवारी तोक्नेलगायतका निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।