काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सबै पक्षसँग बृहत् छलफल गरेपछि निर्णयमा पुग्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका जसपाका नेताहरुले आफ्ना मुद्दा समेत स्पष्ट पारेका छन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि शुक्रबार कांग्रेस सभापति देउवालाई भेटेका उनीहरूले अब बृहत छलफल गरेर जाने बताएका छन्।
‘अहिलेको अवस्था मिलेर जाने स्थिति छ। हामीले आफ्नो अजेण्डा राख्याैं। हाम्रा साथीहरु जेलमा छन्। उनीहरु छुट्नुपर्यो। मुद्दा फिर्ता हुनुपर्यो। नागरिकताको समस्या छ। ती सबै कुरा राख्याैं’ सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले भने, ‘उहाँहरु (कांग्रस)ले सबै मिलेर जाउँ। ठिक छ भन्नु भएको छ अरु केही सहमति भएको छैन।’
दुवै पक्ष मिलेर जाने कुरा भएको ठाकुरले बताए । अब आ-आफ्नो पार्टीको तर्फबाट निर्णय गरेर अघि बढ्ने उनले बताए।
माओवादी केन्द्रले पनि जसपासँग सत्ता सहकार्यका लागि आग्रह गरिसकेको छ। तर, जसपाले प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा जाने कि कांग्रेस–माओवादीसँग मिलेर सरकार बनाउने भन्ने निर्णय गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।