काठमाडाैं– प्रियंका चोपडा र निक जोनसले यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको नाम घोषणा गर्ने भएका छन्। काेराेना भाइरस महामाीका बेला ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुँदैछ।
इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यो जोडीले लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा गर्न लागेकाे जानकारी दिएका हुन्। ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यसबारे थाहा थिएन। हामीलाई लाइभ हेर्नुहोला,’ एक भिडियोमा प्रियंकाले भनेकी छिन्।
एकेडेमी अवार्डस्को आधिकारीक ट्वीटर ह्यान्डलले पनि यस खबरलाई पुष्टि गरेको छ। ‘ओस्कार मनोनयनका लागि को–को उत्साहित हुनुहुन्छ ? प्रियंका चोपडा र निक जोनसलाई हेर्नुस्,’ एकेडेमीको पोस्टमा भनिएको छ।
१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोषणा हुनेछ। याे लाइभ ओस्कारको आधिकारीक युट्युब च्यानलमार्फत हेर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।