काठमाडौं- ओप्पो एफ-१९ प्रो चैत ३ गते नेपालमा सार्वजनिक भएको छ। ओप्पोको फेसबुक र युट्युब प्लेटमार्फत् अनलाइन लञ्च इभेन्टमार्फत् एफ-१९प्रो सार्वजनिक हुने जानकारी दिएको हो। लञ्च इभेन्टमा नायिका स्वस्तिमा खड्का, गायिका तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक वाद्यवादन उपकरण इन्सेम्बल कुटुम्ब ब्यान्डलगायतको उपस्थिति रहने बताइएको छ।
एफ-१९ प्रोमा ४८ मेगापिक्सेलको क्यामेरासहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ। फोटो/भिडियोमा डेप्थ थप्न मिल्ने गरी क्यामेराको डिजाइन गरिएको समेत कम्पनीले जानकारी दिएको छ। ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेकाले सेल्फी पनि गुणस्तरीय हुने बताइएको छ।
अल्ट्रा स्लिम डिजाइनको एफ १९ प्रोमा थ्रीडी कर्भ्ड ब्याट्री रहने यो मोबाइलको तौल १७२ ग्राम छ।
तीव्र गतिमा चार्ज हुने यो मोबाइलमा ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरि सकेपछि १६ घण्टासम्म चलाउन सकिने कम्पनीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।