काठमाडाैं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई असर नगरी गतिविधि गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुटबलमा भएको कार्यकर्ता भेलामा बोल्ने क्रममा केन्द्रमा असर पर्ने गरी माधव पक्षसँग दुरी नबढाउन उनले आग्रह गरे।
माओवादी केन्द्र आफ्नै खुट्टामा उभिन नसक्दा समस्या देखिएको उनले स्वीकारे। उनले भने,‘कहिले कांग्रेससँग मिल्ने त कहिले एमालेसँग मिल्ने कार्य भयो।’
माओवादी आफ्नै खुट्टामा उभिने प्रतिवद्धतामेत उनले जनाए। माओवादी विद्रोही, क्रान्तिकारी शक्ति फेरि पनि जनतासँग जोडिने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध १९ बुँदे प्रतिवेदनलाई उनले ‘बमवार्ड द हेडक्वाटर’ गरेको पुनः दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।