काठमाडाैं- नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्यबारे छलफल हुने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो ४ बजे दुई दलको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कांग्रेस–माओवादी केन्द्र–जसपाको गठबन्धनमा सरकार बनाउने गरी संवाद हुने बताइएको छ। जसपा नेता केशव झाले भने कांग्रेससँग आज छलफल हुन लागेको पुष्टि गरे।
माओवादी केन्द्र कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सहमत भएको छ। जसपा भने दुई धारमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई साथ दिने/नदिने दुई लाइनमा जसपा नेता देखिएका छन्।
जसपा नेताहरुसँगको छलफलअघि पार्टीको धारणा तय गर्न देउवाले शीर्ष नेताको बैठक समेत बोलाएका छन्। बैठक दिउँसो ३ बजे देउवा निवासमै बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।