काठमाडौं–बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभ (एबि इन्बेभ)ले नेपालमा बड्वाइजर बियरको बिक्री सुरु गर्ने घोषणा गरेको छ। एबि इन्बेभले जावालाखेल ग्रुपअफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीसँग एक विशेष साझेदारीमार्फत फोस्टर्स बियर नेपाली बजारमा प्रवेश गराएकाे हाे।
बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो।
बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ।
‘राज ब्रुअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनोट गरी विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो,’ जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘यो सम्भव हुनुको मुख्य कारण राज ब्रुअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक ब्रुअरी रहेर पनि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।